माईनस ९ डिग्रीमा ४ घण्टा हिँडेर मतदान

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार-फु गाउँपालिका ३ की फुर्वा लामा आईतबार बिहान करिब ४ घन्टा उकालौ हिँडेर मतदान गर्न पुगिन्।

बिहान ६ बजे नै मुटु काँप्ने चिसोमा उकालो लागेकी उनी १० बजे मतदानस्थलमा पुगिन्।

लामा घरबाट हिँड्दा त्यहाँको न्युनतम तापक्रम माईनस ९ डिग्रिजति थियो।

मनाङका नार र फु लाई छुट्याउने विन्दु मेतामा होटल थापेकी लामा भोट हाल्नकै लागि उत्साही हुँदै नागरको साम्दोछिरिङ गुम्बाको मतदान केन्द्र पुगेकी थिईन्।

उनजस्तो मेताका धेरै मतदाता मतदानका लागि माथि नार पुगेका थिए।

कोहि त मतदानमा भाग लिन शनिबार नै बास बस्नेगरी माथि नार पुगिसकेका थिए।

तर, काले व्यस्त हुँदा लामाजस्ता अरु मतदाता विहानी चिसोलाई बेवस्ता गर्दै मत हाल्न पुगेका थिए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

20776