निर्वाचनको मुखैमा सरकारले कार्यकर्तालाई बाँड्यो १६ करोड

निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताका नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ।

यो वितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो।

सरकारबाट आर्थिक सहायताका नाममा रकम बुझ्ने कार्यकर्ताले औसतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ रुपैयाँ बुझेको छ।

सीधै मन्त्रिपरिषदले यतिजनालाई यतियति रकम दिनु भनी निर्णय गरी पठाउँछ जसलाई हामी रोक्न सक्दैनौं अर्थ मन्त्रालय स्रोतले भन्यो हामीले मन्त्रिपरिषदको निर्णयअनुसारको रकम निकासा गरिदिन्छौं । नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

20811