नेपाल क्लब हङकङको आयोजना धरानमा मेगा लाइभ कन्सर्ट हुने

एचकेनेपाल डट कम संवाददाता –

धरान / आगामी पौष ४ गते मंगलबार धरानको पब्लिक स्कुलको मैदानमा भब्य कन्सर्ट आयोजना हुने भएको छ।

१९७४ एडी ब्याण्डका पूर्व सदस्य तथा चर्चित गायक एड्रिन प्रधान आफ्नो नया फ्रेंन्ड्स ब्याण्डका साथ पांच बर्षको अन्तरालमा धरानको भब्य कन्सर्टमा ओर्लदैछन्।

यो मन त मेरो नेपाली हो , नभन मेरो , सम्बोधन , मुटु भारी , शिशिर झैँ ,धेरै धेरै आउछ मनमा ,हिड्दा हिड्दै , पिजडाको सुगा ,जिन्दगी त खेलौना हो संगै उनको नयाँ गीतहरु अभिवादन , उकाली ओरालीहरुमा , खैरो कपाल लगायत २ दर्जन जति गीतहरु उनले धरानको मेगा लाइभ कन्सर्टमा प्रस्तुत गर्दैछन्।

धरानमा कन्सर्ट गर्दा आफूलाई बेग्लै आनन्द आउने बताउने गायक एड्रिन प्रधान , नेपाली बब मार्लीको रुपमा परिचित गंगा बरदानसंगै धरानका थुप्रै नयाँ पुराना गायकहरुलाई कार्यक्रममा समेटिएको छ।

चिरपरिचित पुरानो गायकहरु नवराम राई र रमेश राईसंगै धरानको पहिलो चर्चित ब्याण्ड जेलर्स ब्याण्डका गायक मनोज मोते र अर्को चर्चित ब्याण्ड द अर्थ ब्याण्डका चर्चित गायक शिव लामिछानेले आफ्नो प्रस्तुति देखाउनेछन्।

अहिले निक्कै सक्रिय तथा रुचाइएका डिल्ली फोम्बो र प्रशान्त शर्मासंगै बबिन लिम्बु , तुहिन लिम्बु र साक्थिम योंग्यालगायतका नया प्रतिभाहरुले समेत आफ्नो प्रस्तुति कन्सर्टमा देखाउनेछन्।

त्यस्तै कार्यक्रम संचालन मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनरअप इक्सा मादेन र मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बुले गर्दैछन्।

टुबोर्ग बियरको प्रस्तुतीमा आयोजना हुने मेगा लाइभ कन्सर्ट २०१७ नेपाल क्लब, हङकङको आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुदैछ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20855