के एमालेले मदन भण्डारीलाई बिर्सेकै हो त?

२०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ।

प्रयोगमा ल्याइएका तुल ब्यानर, पोस्टर र श्रव्य–दृश्यलगायतका कुनै पनि प्रचारप्रसार सामग्रीमा भण्डारी देखिँदैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रयोगमा ल्याएका पोस्टरलगायतका निर्वाचन सामग्रीमा पनि अध्यक्ष ओली र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको देखिन्छ ।

जबकि ०४८ यताका प्रत्येक चुनावमा त्यो ठाउँ पूर्वमहासचिव मदन भण्डारीले लिँदै आएका थिए । यस अवधिमा एमाले दुई वटा संविधानसभा निर्वाचन, तीनवटा संसदीय निर्वाचन र दुई स्थानीय निर्वाचनमा भाग लिइसकेको छ ।

यी सबै चुनावका प्रचार सामग्रीमा भण्डारीलाई प्रमुखताका साथ स्थान दिइँदै आएको थियो ।

केही महिनाअघिको स्थानीय तहको चुनावमा समेत भण्डारीका तस्बिर र विचार प्रयोग गरिएका थिए । तर, यसपटक न त भण्डारी देखिन्छन् न त उनका विचारहरू नै । छापा सामग्री, अडियोदेखि भिडियो सबैतिर अध्यक्ष ओली नै छाएका देखिन्छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।





Comments

comments

Leave a Reply

20866