जन्मदिन मनाएर प्रेमिकाको हत्या

धरान–८, भोटेपुलका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटलको ‘स्टाफ रुम’मा बसेकी भावनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो।

उदयपुर बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला घर भएकी २४ वर्षीया भावना दुई वर्षदेखि होटलमा काम गर्दै आएकी थिइन्।

जन्मदिन मनाउन मंगलबार भावना प्रेमीसँगै बगरकोट गएको र राति होटेलमा फर्किएका उनीहरुबीच बिहान ४ बजेसम्म झगडा भइरहेको अर्की कामदार आशा राईले सुनाइन्।

प्रेमीले उनको हत्या गरी शव पंखामा झुण्ड्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

भावनाको हत्यामा संलग्न अभियुक्त शंकरलाई पक्राउ गरिसकिएको डीएसपी रामेश्वर पौडेलले जानकारी दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20913