मिस डिभा पोखराको लागि २२ युवती छानिए


राजाराम पौडेल
/एचकेनेपाल डट कम –

पोखरा, दोस्रो संस्करणको मिस डिभा पोखराको लागि २२ जना युवती छानिएका छन्। प्रतियोगीहरुले प्रस्तुत गरेको क्षमताको आधारमा हरेक हप्ता २ जना प्रतियोगी प्रतियोगिताबाट बाहिरिनेछन् भने उत्कृष्ट प्रस्तुती राख्ने २ जना युवती सो टपरको रुपमा हरेक हप्ता पुरस्कृत हुनेछन्।

यो हप्ता पोखरा लेकसाइडको ओजन लाउञ्जबारमा भएको कार्यक्रममा आकृती गुरुङ र लक्ष्मी गुरुङ सो टपर बन्न सफल बने । ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीद्धारा आयोजित मिस डिभा पोखराका लागि अडिसन मार्फत ३८ जना युवती छनोट भएका थिए । ग्राण्ड फिनाले पौष २२ गते पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा भव्य कार्यक्रमका बिच हुने इभेन्ट मेनेजर सागर आचार्यले बताए।

प्रतियोगीलाई १५ दिनको तालिम पश्चात ५ हप्तासम्म प्रतिभा पस्कन लगाइने कार्यक्रम संयोजक स्वस्तिका केसीले बताइन् । प्रतिष्पर्धीलाई विभिन्न ६ वटा समूहमा विभाजन गरी उनीहरुको क्षमता अभिवृद्धिसँगै प्रतिभा प्रस्फुटन गर्न लगाइने गरेको केसीले जनाइन्।

मिस कास्की निकिता खड्की, युवराज गुरुङ, मिस्टर कास्की मनिष ओस्टा, पुजा श्रेष्ठ, रजनी हमाल, कञ्चन गुरुङ, अनु रेग्मी, समीर गुरुङ, सुस्मिता पाठक, जयन्ती गुरुङ लगायतले प्रतियोगीहरुमा निखारता प्रदान गरिरहेका छन्।





Comments

comments

Leave a Reply

21030