गीत संगीत मेरो प्राण हो – गायिका सहिमा श्रेष्ठ

सुर्य चन्द काठमाडौँ : नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सहिमा श्रेष्ठ। सानै देखि गायनमा रुची राख्ने चर्चित गायिका सहिमा श्रेष्ठ बिगत सात बर्षदेखि बिधिबत रुपमा नै ब्यबसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन्।

बिगत सात बर्षको अबधिमा संगीत क्षेत्रमा उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी छिन्। आफ्नो सुमधुर आवाज, मेहनत र परिश्रमले गर्दा नै उनले यो सफलता हासिल गर्दै गएकी हुन्। अर्घखाची जिल्लाको सन्धिखर्क जन्मथलो भएकी चर्चित गायिका सहिमा श्रेष्ठ काठमाडौँलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा उदाएको नाम हो।

विभिन्न चर्चित गीतहरु गाउँदै चर्चाको शिखरमा चढ्दै गरेकी गायिका ‘सहिमा श्रेष्ठ’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सहिमा पछिल्लो समय चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गीतहरुका कारण बढी चर्चामा छिन्।

करिब सात बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय सहिमाले लगभग दुई सय पचास गीत गाइसकेकी छन्। छोटो समयमा नै आफूलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गीतहरु दिएर सम्पूर्ण संगीत प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु माझ चर्चित बन्न सफल उनी निरन्तर नेपाली सुगम संगीतमा आफूलाई स्थापित बनाउन सफल भएकी छिन् भने आफूलाई भर्सलटाइल गायिकाको रुपमा स्थापित गरेर निरन्तर चर्चामा नै छिन्।

सधै ब्यस्त रहने गायिका सहिमालाई आजकल स्टेज क्वीन पनि भनेर पनि चिनिन्छ, उनको व्यस्तता आजकाल अचम्मको नै छ, एकै दिन मा ३/४ वटा कार्यक्रममा समेत उनी पुग्ने गर्छिन । देशभित्र मात्र नभएर बिदेशमा हुने कार्यक्रममा समेत उनको माग बढ्दै गएको छ भने उनको स्वर तथा गायन शैलीको चौतर्फी प्रसंशा हुने गरेको छ।

सुमधुर आवाजको साथै सुन्दर मुहार र मिलेको शरीर भएकी सुन्दरी गायिका सहिमा सुन्दर तनसंगै सुन्दर मनकी पनि धनी छिन्। सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनी गायिका सहिमाले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन्।

उनलाई एक बहुआयामिक प्रतिभाशाली, भर्सलटाइल गायिका भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ उनको नेपाली भाषामा, नेपाली आधुनिक गीत, गजल, भजन, लोकगीत, तथा नेपाली फिल्मी गीतहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ भने उनले भोजपुरी, थारु र मैथिली गीतमा समेत आफ्नो सुमधुर आवाज भरिसकेकी छिन्।

त्यसैले त उनी भन्छिन गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ । गायिका सहिमा भन्छिन् नेपाली संगीत भनेको हाम्रो सम्पति हो सस्कृति हो, त्यसैले हामीले यसलाई संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य हो र नेपाली सांगीतिक क्षेत्र तथा गीत संगीतको स्तरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनु पनि हाम्रो दायित्व हो।



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : श्रीपेचमा ७५० टुक्रा हीरा
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.