अन्तर्घातका कारण पराजित भएँ

काठमाडौँ, २५ मंसिर । बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन्।

उनले भनेका छन्,मैले यसलाई अनपेक्षित रुपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा मैले पहिला सबै मूल्यांकन गरेर, तथ्य प्रमाणहरु जुटाउनुपर्ला भन्ने लागेको छ।

प्रशस्तै षडयन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउन पर्ने बेला भएको छ ।

यता, काँग्रेस नेता रामचन्द्र पौडेलले पार्टी भित्रैको अन्तर्घातको कारण आफू पराजित भएको बताएका छन् ।

उनले भने, ‘बाम गठबन्धनभन्दा पनि पार्टीभित्र कै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’

नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ताबाट





Comments

comments

Leave a Reply

21050