प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्।

ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको प्रचण्डले बताउँदै आएका छन्। ‘अध्यक्ष प्रचण्डले ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्रीको उम्मेदवार हुने बताउनुभएको छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘तर, अहिले निर्वाचन परिणामतिरै ध्यान केन्द्रित भएकाले पार्टीभित्र औपचारिक छलफल हुन पाएको छैन।’

ओली र प्रचण्ड वाम गठबन्धनका प्रमुख नेता हुन्। नयाँ सरकार गठन, पार्टी एकतालगायतका समग्र विषयमा पार्टी एकता संयोजन समितिमा छलफल गरेर मात्रै अन्तिम टुंगोमा पुग्ने दुवै दलको तयारी छ। समितिमा दुवै दलका शीर्ष नेताहरू पनि रहेकाले त्यहाँ निर्णय गरेर दुवै पार्टीले आन्तरिक छलफल गर्ने सम्भावना रहेको एक नेताले बताए।

‘एमालेमा छलफल भइसकेको छैन, तर प्रचण्डले नाम लिनुभएको छ, दुवै नेता पार्टी एकता संयोजन समितिमा प्रमुख नेता हुनुहुन्छ,’ एमाले प्रवक्ता विष्णु रिमालले भने, ‘त्यसैले समितिले निर्णय गरेपछि पार्टीभित्र छलफल हुने सम्भावना छ।’ तर, दुई नेताबीच को प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे कुनै सहमति नभएको उनले स्पष्ट पारे। नयाँ पत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21129