चुनाव हारेर विक्षप्त भएकी आरजु सुटुक्क किन पुगिन् दिल्ली ?

काठमाडौँ, ३ पुस । वाम गठबन्धन अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन्।

आफ्नो जितमा पूर्णरुपमा विश्वस्त देखिएकी उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्नतः उही पराजय नै पर्यो।

चुनावी हारेपछि विक्षिप्त बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनबास हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर छ।

स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीबाट वनवासा हुँदै नयाँ दिल्ली पुगेकी हुन्।

एमालेका नारदमुनि रानासंग फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता पुगेकी हुन साँघु साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

21179