प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार

न्यूयोर्क, बरिष्ठ लोक गायक प्रेमराजा महतलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

लामो समयदेखि अमेरिका बसेर लोक संगीतमा सकृय हुदंै आएका महतलाई बिदेशमा बसेर पनि लोक संगीतमा सकृय रुपमा लागेकामा सम्मान प्रदान गरिएको हो।

अमेरिकाको बाल्टीमोरमा परिवारसहित बसेर ब्यवसाय गरिरहेका महतले हरेक बर्ष जसो नेपालमा गएर बिभिन्न गीतहरु बजारमा ल्याउने गरेका छन् । राष्ट्रिय गीत तथा माया प्रेमका बिभिन्न गीतहरु निकाल्दै आएका महत अमेरिकामा रहेर पनि बिभिन्न राज्यहरुमा प्रस्तुती दिने गरेका छन् । अमेरिकन समुदायमा समेत राम्रो सांगीतिक प्रभाव पार्न सफल भएका महत नेपाल सरकारको तर्फबाट महाबाणिज्यदूतसमेत हुन्।

आफूलाई पुरस्कार प्रदान गरिएको थाहा पाएपछि महतले पुरस्कार छनौट समितिलगायत सबैलाई आभार ब्यक्त गरेका छन् । महतले आफूलाई पुरस्कार पश्चात नेपाली गीत संगीतमा लाग्न थप हौसला प्राप्त भएको बताएका छन्।





Comments

comments

Leave a Reply

21218