यस्तो रह्यो धरानको मेगा लाइभ कन्सर्ट

धरान / धरानको पब्लिक स्कुलको मैदानमा यो बर्षकै भब्य म्युजिकल कन्सर्ट टुबोर्गको प्रस्तुति रहेको मेगा लाइभ कन्सर्ट २०१७ सम्पन्न भएको छ।

चर्चित गायक एड्रीन प्रधानले आफ्नो फ्रेन्ड्स ब्याण्डका साथ करिब डेढ घण्टा धराने दर्शकहरुलाई आफ्नो गीतको तालमा नचाए। एड्रीन प्रधानको प्रस्तुति हेर्न साढे चार घण्टादेखि बसेकादर्शकहरुलाई एड्रीन प्रधानले नभन मेरो , परेलीमा, हिडदा हिड्दै दोबाटोमा , पहिलो जुनीमा , धेरै धेरै आउंछ मनमा , पिंजडाको सुगा , बिर्सेर मलाई , अभिवादन , खैरो खैरो कपाल तिम्रो , गुरासै फुल्यो , जति माया लाए पनि , सगरमाथा हाम्रै हो , यो मन त मेरो नेपाली हो हुदै सम्बोधन तिमीलाई बोलको गीत गाएर कन्सर्टको मैजारो गरेका थिए। एड्रीनका प्रत्येक गीतमा दर्शकहरुले एड्रीनसंगै गाउँदै साथ दिएका थिए। करिब पांच बर्ष पछि धरानको कन्सर्टमा देखा परेका एड्रीन यति राति सम्मपनि संयमित धराने दर्शकहरु देखेर एकदमै खुसि देखिन्थे। नेपाल क्लब तथा हंगकंग नेपाली महासंघको अध्यक्ष रिता गुरुङको सभापतित्व र धरान उप – महानगर पालिकाको उप –मेयर मंजु भण्डारीको प्रमुख आतिथ्यमा भएको कन्सर्ट धरान-१३ अमरहाटमा धरान बाल उधान तथा हेल्थ पार्क निर्माण कार्य सुरु गर्नका लागि आयोजना गरिएको थियो। नेपाल क्लब, हङकङको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको इभेन्ट म्यानेजमेन्ट तथा टुबोर्ग बियरको प्रस्तुती तथा बराह ज्वेलरीको प्रायोजनमा आयोजनामा भएको थियो।

मेगा लाइभ कन्सर्ट २०१७मा धराने गायक डिल्ली फोम्बोले आफ्ना चर्चित गीतहरु माइली , म माया लाउँदिन , आउँछु म भनेर लगायतका आफ्ना चर्चित गीतहरु गाएर आफ्नो दमदार प्रस्तुति तथा आफ्नो दर्शकक्रेज देखाए त्यस्तै अर्का धराने गायक शिव लामिछानेको प्रस्तुती पनि आकर्षण रहयो। उनले आफ्नो कृपा फाउन्डेसन ग्रुप संग जय नेपाल भन्ने नया गीतलाई प्रत्यक्ष प्रस्तुत गरेर सार्वजनिक मात्र गरेनन , किन दुख्छ मुटु मेरो , पुरानो मायालाई, उकाली ओरालीहरुमा , चाहे माया गर जस्ता आफ्ना चर्चित गीतहरु
गाएर दर्शक हरुलाई उतिकै मन्त्रमुग्ध बनाए।

त्यस्तै उर्जा ब्याण्डका गायक प्रशान्त शर्माको आँखा आँखामासंगै पुराना गायक नवराम राईले कालो कालो रात र विश्वास के हो , मनोज मोतेले टाढा जाने र हाम्रो जीवन , रमेश राईले धराने को बजारैमा , बबिन लिम्बुले धरानको पुरानो बजारमा , एपी शेपाले गरौ संकल्प सलल बगेर अज्ने पानी , साक्थिम योंग्याको कोदो है फल्ने ,तुहिन लिम्बुले जिन्दगी बोलका गीतहरु प्रस्तुत गरेका थिए।

मिस पूर्वाञ्चल २०१६ की फर्स्ट रनर अप इक्सा मादेन र मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बुले गरेको आकर्षक उद्घोषण र ईगल साउन्डको भब्य साउण्ड र लाइटको व्यवस्थापनले करिब ५ हजार बढी दर्शकहरुलाई ६ घण्टा लामो कन्सर्ट पनि बोर नमानी संगीतको तालमा रमाएर बसेका देखिन्थे।

थप फोटोहरुः https://photos.app.goo.gl/BmZM8ok3D2XGGWbh2





Comments

comments

Leave a Reply

21258