प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेस र मधेसवादीको प्रस्ताव

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन कांग्रेस र मधेसवादी दलले प्रस्ताव गरेको कुराको नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापाले पुष्टि गरेका छन्।

‘कांगेस र मधेसवादीले प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा पनि आएको छ, प्रस्ताव आउने कुरा स्वभाविक नै हो’, थापाले भने, ‘प्रजातान्त्रिक प्रक्रियामा यो कुरा सामन्य हो ।’ थापाले संघीय समाजवादी फोरमलाई वाम गठबन्धनमा ल्याउने प्रयास जारी रहेको बताए।

उच्तस्तरमा एकतालाई टुंग्याउन तीब्र गतिमा छलफल भइहरेकको पनि थापाले बताए । ‘पार्टी एकता हुने कुरामा कुनै शंका छैन । एकता हुने कुरा निश्चित छ, कहिले सम्म एकता हुन्छ भन्नेमात्र प्रश्न हो ?’ उनले अगाडि भने,‘ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाको म्यान्डेट नै एकता हो, यसबाट अब कोही पनि पछि हट्नै सक्दैन, अन्तर्विरोध छन्, तर शंका गर्ने ठाउँ छैन।’ अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

21291