फोरमको कुरा ओलीकोमा, खबर प्रचण्डकोमा

काठमाडौं, १२ पुस। प्रतिनिधिसभामा उपेन्द्र यादवको संघीय समाजवादी फोरमले जम्मा १६ सिट प्राप्त गरेको छ । त्यो पार्टीको समानुपातिकसमेत गर्दा २० सिटसम्म हुनसक्छ । यदि त्यस्तो भए एमालेको १२१ र फोरमको २० सिट जोडेर १४१ सिट पुग्छ । जबकि सरकार बनाउन १३७ सिट भए पर्याप्त हुन्छ । त्यो हिसावले एमाले र फोरम मिल्ने अनि नयाँ शक्ति/ राजमो समेत मत जोड्ने हो भने बहुमतको सरकार बनाएर ढुक्कसँग जान खासै समस्या पर्दैन।

फोरमको पार्टी संरचना हेर्ने हो भने स्वयं उपेन्द्र माक्सवादी र एमाले पृष्ठभूमिबाट आएका । उनले २०५७ देखि ०६३ सम्म माओवादीमा समेत काम गरेका । वरिष्ठ नेता अशोक राई एमालेमा उपाध्यक्ष थिए भने सहअध्यक्ष राजेन्द्र श्रेष्ठ एमालेको राजधानी इन्चार्ज ।

उपाध्यक्षद्वय रकम चेमजोङ र हेमराज राई दुवै एमालेबाटै त्यता गएका पूर्वमन्त्री अनि सचिव अजम्बर राई एमाले युवा संघका अध्यक्ष । कोषध्यक्ष विजय यादव र अर्का उपाध्यक्ष युवाराज कार्की अनि महासचिव रणध्वज कन्दङ्वासमेत एमालेकै खम्बा । त्यसैले पनि अलिक सहज हुन्छ भनेर एमालेले फोरमसँग सत्ता साझेदारीको चारो फ्याँकेको विश्लेषण गरिदैँ छ ।

सोमबार बिहान नवल पारसीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदातालाई धन्यवाद ज्ञापन गर्ने क्रममा भने, ‘एमालेले फोरमसँग सरकार निर्माणका लागि छलफल शुरु गरिसक्यो । अवस्था जटिल छ । तैपनि, हामी सरकार निर्माण र पार्टी एकताबारे दृढ छौं । उनले उपेन्द्र यादव र केपी ओलीबीच आइतबार साँझ भएको वार्तालाई व्याख्या पनि गरे। जनआस्था साप्ताहिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21328