म्युनिख जर्मनीमा यसरी मनाइयो तमू ल्होछार


म्युनिख जर्मनीमा यसरी मनाइयो तमू ल्होछार

किशन गुरुङ / एचकेनेपाल डट कम –

म्युनिख जर्मनी, गुरुङ जातिहरुको महान चाड तमू ल्होछार / ल्होसारको अवसरमा जर्मनीको म्युनिख शहरमा “तमु ल्होसार साँझ-२०१७” भब्यता रुपमा सम्पन्न भएको छ।

म्युनिखबासी गुरुङ परिवारले दोश्रो पटक आयोजना गरेको उक्त कार्यक्रममा म्युनिख एवं वरपर बसोबास गर्नुहुने नेपाली तथा बिदेशी पाहुनाहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

छोटो औपचारिक कार्यक्रमसँगै सुरुवात भएको कार्यक्रमका सभापतित्व राम गुरुङले गर्नु भएको थियो भने म्युनिखबासी गुरुङ परिवारका सक्रिय सदस्य खड्ग गुरुङका पूज्यनीय आमा ८६ बर्षीया दानश्री गुरुङ कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

उपस्थित सम्पूर्ण पाहुनाहरुलाई कल्पना गुरुङले स्वागत मन्त्यब्य राख्नु भएको थियो। कार्यक्रममा अतिथिहरु क्रमशः गैरआवासीय नेपाली संघ जर्मनीका उपाध्यक्ष एवंम हिमालय परिवार म्युनिखका अध्यक्ष हरि न्यौपाने, एल सी सी बायर्नका अध्यक्ष सुबास चन्द्र सापकोटा त्यसै गरी ईनास जर्मनीका बरिष्ठ सल्लाहकार एवंम हिमालय परिवार म्युनिखका संस्थापक अध्यक्ष खड्ग न्यौपाने तथा चितवन समाज जर्मनीका सल्लाहकार होमनाथ ढकाल सबैले ल्होसारको शुभकामना मन्तब्य राख्नुभएको थियो। उत्कृष्ट कार्यक्रमको आयोजना गर्नभएको भनि युनिखबासी गुरुङ परिवारको प्रशंसा गर्नु भएको थियो उक्त औपचारिक कार्यक्रमको संचालन उमा गुरुङले गर्नु भएको थियो।

औपचारिक कार्यक्रम सकिय लगत्तै सांस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो।”तमु ल्होसार साँझ-२०१७” कार्यक्रममा म्युनिखबासी स्थानीय कलाकारहरुको आकर्षक नृत्य एबंम गीतहरु साथै स-साना बाबु नानीहरुको नृत्य प्रस्तुत गरिएको थियो साथै डेनमार्कबाट पाल्नु भएका अतिथि कलाकारहरुको बेजोड प्रस्तुतीले म्युनिखको चिसो मौंसमलाई तताएको थियो र अन्त्यमा डान्स पार्टीले ल्होसार साँझलाई अझ झुमाएको थियो।

गतबर्ष जस्तै यस बर्ष पनि आयोजकले उपस्थित सबै पाहुनाहरुलाई खादा ओढाएर सम्मानसहित स्वागत गरेको थियो साथमा सेलरोटी,चिया अनि मिठो भोजनको पनि ब्यवस्था गरिएको हुनाले केहि क्षण भए पनि बिदेशमा नभै नेपालमा नै रहेको महशुस भएको म्युनिखबासी नेपालीहरुले बताउनु भएको थियो उक्त सांस्कृतिक कार्यक्रमको संचालन ज्योति गुरुङ र अन्जु गुरुङले गर्नु भएको थियो।

कार्यक्रममा सहोगार्थ रुपमा निःशुल्क पिउने पानीको ब्यवस्था गराई सहयोग गर्नुहुने कार्यक्रमको प्रमुख अतिथि दानश्री गुरुङ र रेड वाईन सहयोग गर्नुहुने प्रिती गुरुङ लाई म्युनिखबासी गुरुङ परिवारको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गरेको थियो।

अन्त्यमा आयोजकको तर्फबाट निम्तोलाई सहर्ष स्वीकारी कार्यक्रममा पाल्नु भएका सम्पूर्ण म्युनिखबासी एवं वरपर बसोबास गर्नुहुने नेपाली तथा बिदेशी पाहुनाहरुलाई सुनिल गुरुङले धेरै धेरै धन्यबाद ज्ञापन गर्नुभयो र आगामी दिनहरुमा अझ यो भन्दा स्तरीय कार्यक्रम लिएर आउने पनि जानकारी दिनुभयो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21374