राजधानीमा अचम्मको बलात्कार

पछिल्लो एक महिनामा राजधानी तीनवटा आश्चर्यजनक लाग्ने बलात्कार घटना भएका छन् र तीन वटा घटनाको प्रहरीले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

पुस ११ गते एक ८४ वर्षीय बृद्धि बलात्कार आरोपमा ललितपुरमा पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा टेकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको खबर दृष्टि साप्ताहिकमा छ।

सैबुंको पुरानो खोकानास्थित आफ्नै गाई फार्मममा उनले बालिकलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ। स्कुललाई फर्किएकी बालिकालाई फकाएर गाई फार्मको शौचालयमा लगेर बलात्कार प्रयास गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए। लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

८४ वर्ष उमेर पुगेका व्यक्तिले बलात्कार प्रयास गर्नु अनौठो घटना भएको ललितपुर प्रहरीका अधिकारीहरु बताउँछन्।

त्यस्तै गत महिना महारागञ्जस्थित एक स्कुलभित्रै बलात्कार भयो । स्कुलको १० कक्षामा पढ्ने छात्रालाई स्कुलकै कर्मचारी सुजन श्रेष्ठले बलात्कार गरेका हुन्। गत साता अभियुक्त श्रेष्ठलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।





Comments

comments

Leave a Reply

21414