उल्झनको फस्ट लुक सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
अंग्रेजी नयाँ बर्ष २०१८ को अवसर पारेर चलचित्र उल्झनको फस्ट लुक सार्वजनिक गरिएको छ।

थुप्रै सपनाहरु बोकेर बिदेसिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजमा पारेको असरलाई केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको चलचित्रको छायांकन नेपाल र बेल्जियममा गरिएको छ।

बेलायतबासी नायक ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा , रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रको आगामी महिना बेलायत र यूरोपका अन्य देशहरुमा प्रदर्शन गरिनेछ।

नेपालको प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिनेछ। तेजेन्द्र कंडेलको प्रस्तुति र राजु अधिकारीको निर्देशन रहेको यस चलचित्रको कार्यकारी निर्मातामा नारायण ढुङ्गाना र निर्माताहरुमा हरिकृष्ण कार्की र नबिन अधिकारी रहेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21420