पार्टी एकताअघि ‘पावर सेयरिङ’

काठमाडौँ, १९ पुस । नेकपा माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई एमालेसँग पार्टी एकताअघि ‘पावर सेयरिङ’ मा ध्यान पुर्याउन सुझाव दिएका छन्।

खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा धारणा राख्ने अधिकांश सदस्यले पावर सेयरिङ लाई निचोडमा पुर्याएर एकता प्रक्रिया अघि बढाउने नेतृत्वलाई सुझाव दिएका हुन्।

बैठकमा दाहालले पनि बुधबारभित्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अविलम्ब एकता संयोजन समिति बैठक बोलाउन आग्रह गरिने बताए। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

21423