बाम गठबन्धन तोडेर प्रधानमन्त्री बन्दिनँः प्रचण्ड

काठमाडाैं, पुस २० । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरले गरेको कार्यक्रममा प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने प्रष्ट पारेका हुन्। प्रतिनिधिसभामा निर्वाचित भएको उपलक्ष्यमा प्रचण्डलाई सम्मान गर्न सेन्टरले कार्यक्रम आयोजना गरेको थियो।

‘वाम गठबन्धन तोडेर प्रधानमन्त्री हुने कल्पना पनि गरेको छैन,’ प्रचण्डले भने, ‘मिडियामा विभिन्न भ्रम पनि आएका छन्, त्यसमा कुनै सत्यता छैन ।’ वाम गठबन्धनलाई चुनावमार्फत लाखौँ कार्यकर्ता र जनताले अनुमोदन गरेकाले एकताबाट दायाँबायाँ जाने कल्पनासमेत नगरेको प्रचण्डले दाबी गरे।

पार्टी एकताबारे एमाले र माओवादीबीच कुनै विवाद नरहेको समेत उनले बताए । ‘पार्टी एकता संयोजन समितिमा ओलीजी र मलाई शीर्ष नेताका रूपमा राखिएको छ,’ प्रचण्डले भने, ‘हामी दुईबीच उपयुक्त कार्यविभाजन हुन्छ, त्यसमा कुनै समस्या छैन ।’ केही दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रियालाई अगाडि बढाउने प्रचण्डले स्पष्ट पारे । नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

21433