विद्यालय भवन निर्माणका लागि सहारा युकेद्धारा ५ लाख हस्तान्तरण

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, भूकम्पबाट क्षतिग्रस्त भई सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविमा सहारा युकेद्धारा निर्मित विद्यालय भवनका लागि अन्तिम किस्ता स्वरुप ५ लाख रुपैया हस्तान्तरण गरिएको छ।

बीस लाख रुपैयाको लागतमा निर्मित ५ कोठे विद्यालय भवनको सोमवार अवलोकन गर्नुहुदै सहारा युकेका प्रमुख सल्लाहकार, सामाजिक अभियन्ता महेस गुरुङले अन्तिम किस्ता स्वरुप ५ लाख रुपैया एक कार्यक्रम विच हस्तान्तरण गर्नुभएको हो।

सहारा युकेको विद्यालय भवन निर्माण अभियानमा सहारा क्लव पोखराको विशेष समन्वयमा भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय कोठा निर्माणका लागि सहारा युकेका संरक्षक अरुणकुमार चौधरीले ५ लाख रुपैया, सहारा हङकङले ५ लाख रुपैया, सहारा अष्ट्रेलियाले ५० हजार रुपैया प्रदान गरेको र अन्य रकम सहारा युकेले संकलन गरेको प्रमुख सल्लाहकार महेस गुरुङले जानकारी दिनुभयो।

उक्त ५ कोठे विद्यालय भवनको आउदो माघ ७ गते विशेष कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो।





Comments

comments

Leave a Reply

21482