हिरासतको १२ घण्टाः केसी रातभर कसैसँग बोलेनन्

अदालतमा ८ घन्टा :
सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो।

सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै बसे । उनी अनशनमै रहेकाले दुई चिकित्सक पनि औषधिसहित सँगै थिए । उनीहरूले केसीको ब्लडप्रेसर जाँच गरिरहेका थिए । केसी अदालतभित्र प्रवेश गरेपछि बाहिर समर्थक र शुभचिन्तकको भिड लागेको थियो । सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति थियो । नयाँ पत्रिकामा खबर छ।

हिरासतमा १२ घन्टा : 
त्रिवि शिक्षण अस्पतालपरिसरबाट सोमबार साँझ ८ बजे पक्राउ गरेर डा. गोविन्द केसीलाई सीधै सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा लगिएको थियो । नेपाल प्रहरी अस्पतालको एम्बुलेन्समा प्रहरीका चिकित्सक टोली पनि साथैमा थिए । केसीलाई वृत्तको कार्यालय भवनको माथिल्लो कोठामा राखियो, जहाँ व्यवस्थित सुत्ने खाट, ओढ्ने, ओछ्याउने व्यवस्था छ । विगतमा पक्राउ परेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखहरूलाई पनि त्यही कोठामा राखिएको थियो ।

रातभर कसैसँग बोलेनन् केसी
एक प्रहरी अधिकारीका अनुसार केसीले प्रहरीसँग केही कुरा गरेनन् । प्रहरीको चिकित्सक टोली केसीको स्वास्थ्य निगरानीका लागि रातभरि वृत्तमै थियो । केसी अनशनमै थिए । प्रहरी अधिकारीले खानपिनबारे सोधे, तर केसीले खान मानेनन् । प्रहरीले पनि कर गरेनन् । ‘हामीले उहाँलाई सोध्यौँ, तर अनशनमै छु भनेपछि कर गर्ने कुरा भएन । उहाँ भोकै सुत्नुभयो,’ एक प्रहरीले भने ।

केसीको मुटुको धड्कन कम
प्रहरी चिकित्सक टोलीका अनुसार सोमबार राति केसीको मुटुको धड्कन कम भएको थियो । प्रहरी हिरासतमा उनी आरामसँग सुते । मंगलबार बिहानै प्रहरी चिकित्सक टोलीले केसीको स्वास्थ्य परीक्षण गर्‍यो । केसीको खाना पकाइदिने सहयोगी बिहानै पुगेका थिए । त्यसपछि केसीको अनशनका समर्थकद्वय डा. अभिषेक सिंह र डा. जीवन खत्रीले केसीलाई भेटे ।

 





Comments

comments

Leave a Reply

21500