बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी उर्जा शक्तिमा केन्द्रित

रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम-

लण्डन, पौष २७ । लण्डनस्थित नेपाली दूतावास प्रमुख कार्यालयका एक सभाहलमा संचालित कार्यक्रममा राजदूत दुर्गाबहादुर सुवेदी (दुबसु)ले नेपालमा नेपालीहरुले भोगिरहेका अन्धकारलाई उज्यालो बनाउने जिकिर गरेका छन्।

विश्व उर्जा परिषदका उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका संघका महासचिव फेरी समक्ष डा. दुबसुले आफनो ओहोदाका प्रमाण-पत्र पेश गर्दै प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचित सांसदहरुलाई नयाँ सरकार निर्माण हुन लागेका प्रक्रिया जानकार गराएका थिए।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक स्थिरता कायम भइसकेको परिप्रेक्ष्यमा नयाँ आउने नेपाल सरकारको मुख्य लक्ष्यमा आर्थिक विकास बढ्ने उल्लेख गर्दै स्थायी प्रतिनिधि डा. सुवेदीले करीब ४३ हजार मेघावाट क्षमता रहेको नेपालको जल विद्युत क्षमतालाई मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा विकास गर्न नेपाल सरकार प्रतिबद्व रहेको बताए।

राष्ट्रका लागि आफू उर्जा विकास लगानी साथसाथै सहभागिता बढाउन र विश्व उर्जा समुदायमा नेपालको उपस्थिति जनाउन नेपाल सरकारको तर्फबाट आफूले सके सम्म जीवनभर सहभागिता जनाउने नेपालीमाँझ विश्वास दिलाएका थिए।

उर्जा परिषदका महासचिब फेरीले स्थायी प्रतिनिधि डा सुवेदीको प्रमाण-पत्रलाई स्वीकार गर्दै नेपालकालागि स्थायी प्रतिनिधि सदस्य चयन भएको घोषणा गरिरहदा उपस्थित नेपालीहरुले लण्डनमा रहेका नेपाली राजदूत डा दुबसुलाई शुभकामना दिदै बधाई दिएका थिए।

संघका महासचिब फेरीले नेपालमा लोकतान्त्रिक सविधान जारी भई यसको कार्यान्वयन स्वरुप सफलतापूर्वक निर्वाचन सम्पन्न भएको खबर पाउँदा आफूलाई हर्ष उत्पन्न भएको र अव नेपालले आर्थिक विकासलाई तीव्रता दिनु आवश्यक रहेको र सोकालागि उर्जा विकास उपरिहार्य रहेको बर्णन गरेका थिए। महामहिम फेरीले नेपालमा महाभूकम्प र बाढीपीडित जस्ता प्राकृतिक प्रकोपबाट पीडित नेपालले त्यसको पुननिर्माणका साथसाथै उर्जाको दिगो विकासमा ध्यान केन्द्रित हुनु पर्ने , त्यसकालागि आफनो र विश्व उर्जा परिषदको आवश्यक सहयोग रहने बताए।

राजदूत सुवेदीलाई नेपाल भ्रमणको निमन्त्रणाकालागि धन्यवाद व्यक्त गर्दै फेरीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बाचा दिईएको समारोहमा दूताबासका काउन्सेलर तथा उपनियोग प्रमुख शरदराज आरणको समेत उपस्थित रहेको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21532