वास्तविकता बाहिर आएपछि भ्रम हट्छ : प्रधानन्यायाधीश पराजुली

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयप्रतिको भ्रम र अफवाह चाँडै हट्ने बताएका छन्।

आइतबार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा जिल्ला अदालत भवनको उद्घाटन गर्दै उनले न्यायपालिकाको विषयमा अफवाह फैलाउने काम भइरहेको बताए । वास्तविकता बाहिर आएपछि सबै भ्रम हट्ने उनको भनाई छ।

‘अहिले न्यायालयविरुद्ध कुप्रचार गरेर जनतालाई न्यायालयबाट टाढा बनाउन खोज्ने प्रपञ्च भइरहेको छ,’ प्रधानन्यायाशिध पराजुलीले भने । आफ्नो शैक्षिक प्रमाणपत्र र नागरिकताको छानबिन गर्न आफू सधैँ खुला रहेको र त्यसको वास्तविकता चाँडै बाहिर आउने उनले बताए । ‘न्याय र न्यायिक प्रक्रियाबाट अदालत विचलित हुँदैन,’ उनले भने, ‘संविधानको कार्यान्वयन गर्दै अगाडि बढ्नुको विकल्प छैन । न्यायिक प्रक्रिया तथ्य र प्रमाणका आधारमा हुन्छ ।’ उनले न्यायालय विधि र विधानमा चलिरहेको र तथ्यका आधारमा रहेर मात्रै फैसला गर्ने गरिएको बताए । ‘कसैको उक्साहटमा लागेर होइन, विधिलाई मानेर अदालतमा फैसला हुन्छ,’ उनले भने ।

रुकुमकोट जानुअघि प्रधानन्यायाधीश पराजुलीले शुक्रबार नौवटा इजलास तोके । तर, आफ्नो इजलास भने तोकेनन् । यसअघि प्रधानन्यायाधीश राजधानीबाहिर जाँदा कायममुकायम वरिष्ठ न्यायाधीशलाई इजलास तोक्ने जिम्मेवारी दिने गरिन्थ्यो ।

डा. केसीले अदालतप्रति जनआस्था घटाउने काम गरे : बार
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार डा. गोविन्द केसीले अदालतप्रतिको जनआस्था घटाउने काम गरेको ठहर गरेको थियो । बार सल्लाहाकार समितिको बैठकले व्यक्तिगत रूपमा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अश्लील गाली गर्ने र आफूअनुकूल फैसला आएन भनेर राजीनामा माग्नु गलत संस्कार भएको निष्कर्ष निकालेको थियो ।

अदालतको काम–कारबाहीमाथि प्रश्न उठाउने ठाउँ न्यायपरिषद् भएकाले उक्त विषय न्यायपरिषद् बैठकमा मात्रै उठ्न सक्ने बारका महासचिव खम्बाबहादुर खातीले बताए । अदालतको अवहेलनापछि डा. केसी सामान्य तारेखमा छुटिसकेपछि पनि आफ्नो मागको सम्बोधन नगरेसम्म अनशन बस्छु भन्नु सही नभएको बारको निष्कर्ष छ । ‘अनशनका भरमा न्यायालयले फैसला गर्दै जाने हो भने भावी दिनमा गलत संस्कारको परिपाटी बस्छ,’ महासचिव खातीले भने, ‘न्यायालयको आफ्नो सीमा हुन्छ । संविधान, ऐन–कानुनअनुसार अदालत चल्ने भएकाले न्यायालयको गरिमामाथि आँच आउने काम गर्नु हुँदैन ।’ नयाँ पत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21555