ब्रिटिश गोरखाका न्यायोचित मागका लागि नेताहरुसंग भेटघाट


ब्रिटिश गोरखाका न्यायोचित मागका लागि नेताहरुसंग भेटघाट

सन्तोष थलङ

काठमाडौं – गोरखा सत्याग्रहका उच्चस्तरीय प्रतिनिधि मण्डलले ब्रिटिश गोरखाका न्यायोचित मागका बिषयमा नयाँ सरकार गठन हुनसाथ बेलायत सरकारसँग निर्णायक बार्ता गराउन र बेलायत, हङ्कङमा रहेका गोरखा र गोरखा सन्ततिहरुका नेपाली नागरिकता निरन्तरताका लागि आफ्नो पार्टी पङ्क्ति, संसद र सरकारलाई गम्भीरताका साथ निर्णय गर्न गराउन, जिम्मेवार भूमिका निर्वाह गरिदिन अनुरोध गर्दै नेकपा माओवादीका प्रबक्ता एवं सांसद पम्फा भुसाल र नेकपा एमालेका सचिब तथा सांसद गोगेश भट्टराईलाई स्मरण पत्र बुझाएका छन्।

छलफलका क्रममा भुसालले ब्रिटिश गोर्खाहरुको न्यायिक मागहरु सम्बोधन गराउने बिषयमा कुनै कसर नछोड्ने प्रतिबद्धता ब्यक्त गर्दै निरन्तर सम्पर्कमा रहन आग्रह गरिन्। भट्टराईले गोरखाका मागका बिषयमा आफू जानकार रहेकोले र ब्रिटिश गोरखाहरुको बाहुल्यता रहेको क्षेत्रको सांसद भएको नाताले पनि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै, ब्रिटिश गोरखाहरुले बेलायती नागरिकता लिदा बेलायत सरकारलाई नेपाली नागरिकताले कुनै अप्ठ्यारो पार्दैन भने गोरखाहरुले मानार्थ बेलायती नागरिकता पाउंदा नेपाल सरकारलाई आपत्ति हुन जरुरी नरहेको तर्क राख्दै समग्र माग पूरा गराउन ससक्त पहल गर्ने बचनबद्धता ब्यक्त गरे।

गोरखा आन्दोलनको स्थिति र अवस्थाका बारेमा, गोरखा सत्याग्रहका प्रमुख संयोजक युके/नेपाल-सन्तोष थलङ, प्रमुख संयोजक युके- कृष्ण ब. राई, प्रमुख संयोजक नेपाल- एल बि घिसिङ, सहसंयोजक नेपाल – ले. भिम तावा र भूपू सैनिक महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष क्या. हिमाल राईले प्रष्ट पारेका थिए।

अहिले नेपाल सरकार गठन हुन बिलम्ब हुनुले गोरखाका मुद्धाहरु सबै अघि बढ्न सकेका छैनन्।

जय गोरखा !!!

१३ जनवरी २०१८





Comments

comments

Leave a Reply

21570