बेलायतमा एफसी केन्ट भेटरेन्सको च्यारीटी नाईट सम्पन्न

सुरेन्द्र इङ्नाम / एचकेनेपाल डट कम –

केन्ट बेलायत। बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले आइतवार च्यारीटी नाईट सम्पन्न गरेको छ।

नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाससंगै सन २००७ देखि बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो।

आगमी फरवरी २० देखि ९ मार्च २०१८ मा काठमाडौ र पोखरामा गएर खेलिने च्यारिटी खेलका लागि गोर्खा वेलफर ट्रस्टसँग सहकार्य गरेर यस च्यारिटी फण्ड राईज गर्न शुरु गरेको क्लबका प्रवन्धक बुद्धि सुनुवारले बताए। फण्ड राईज गर्न बेलायतको केन्ट एरियाको ३ ठाउंहरुमा क्रमशः आशफोर्ड, मेडिस्टन र फक्सटनमा गर्ने योजना भए अनुसार गत १४ जनवरी २०१८ को दिन फक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङ र १ आरजीआरका गोरखा मेजर सुरेश कुमार थापाको आतिथ्यमा बेलायतको फक्सटनमा यस क्लबले अन्तिम च्यारीटी डिनर नाईट सम्पन्न गरेको हो।

मन्तब्यको क्रममा अतिथि फक्सटन नेपाली कम्युनिटीका अध्यक्ष चन्द्र गुरुङले बेलायतमा हामी रहेता पनि हाम्रो मन नेपालमै भएको अरु माध्यमहरुबाट नेपालमा सहयोगहरु गरिएगए पनि यस पल्ट भेटरेन्सहरुको फुटबल क्लबबाट सहयोग गर्नु भनेको एउटा ऐतिहासिक कार्य भएको बताउंदै यस कार्य अति सराहनीय भएकोले सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद दिए।

बेलायतमा भएको डिनर लाईट र नेपालका २ ठाँउहरुमा खेलिने खेलबाट उठेको रकमलाई काठमाडौमा गोर्खा वेलफर ट्रस्ट नेपालको माताहतबाट अनाथ बालबालिका तथा बाल आश्रमलाई सहयोग र पोखरामा सहारा यूथक्लबलाई हस्तान्तरण गर्ने क्लबको योजना रहेको प्रवन्धकले जानकारी दिए।

क्लबले नेपालमा गएर खेल्नलाई बेलायतको बिभिन्न ठाँउहरुमा अभ्यास खेलहरु पनि खेलिरहेकोको टिम कोच लोक चेम्जोङले जानकारी दिए।

साँझको ५ बजेबाट सुरु भएर रातको १० बजे सकिएको उक्त कार्यक्रमलाई भास्कर राईको संयोजन र टिमकोच लोक चेम्जोङ्ले सञ्चालन गरेका थिए।





Comments

comments

Leave a Reply

21577