बेलायतमा यसरी मनाईयो येले सम्बत ५०७८ र माघे संक्रान्ति

टीकाधन राई / एचकेनेपाल डट कम –

लण्डन, मेडस्टोनको नेपाली समाज घरको परिसरमा किराँत राई चाम्लिङ खाम्बातिम वेलायत केन्द्रिय समितिको आयोजनामा शनिवार किराँत नयाँ येले सम्बत ५०७८ र माघे संक्रान्ति भव्यताका साथ सम्पन्न भएको छ।

प्राविधिक कारणले निर्धारित समयभन्दा केहि ढिलो कार्यक्रम संचालन भए पनि नयाँ वर्ष मनाउन उक्त कार्यक्रम हलभित्र अपेक्षिकृत रुपमा सदस्यहरुको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा किराँत राई चाम्लिङ खाम्बातिम वेलायतका पूर्वअध्यक्ष पदम राईले पानसमा दीप प्रज्वलन गरि औपचारिक उद्घाटन गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्षद्वय वहाल सेना क्या बद्रि राईले दिनु भएको थियो।

अर्का वक्ता हँछा बुङ् किराँतले इतिहासविदहरुले समेत किराँतकालीन इतिहास धेरै पुरोनो र यथेष्ट प्रमाण प्राप्त गर्न नसकेकाले यसको बारेमा ठ्याकै यहि हो भन्न सकिने अवस्था छैन। येले सम्बतका बारेमा केहि बहस बाहिर आएकाले यो सम्बन्धी वास्तविक बाहिर आएका तर्कहरुलाई चिर्दै अहिले मान्दै आयको कलिगत किराँत वंशावलीमा आधारित यले सम्बत ५०७८ नै सांगठानिक र आधिकारिक मन्नेता पाएको सम्बत भएकाले अर्को आधिकारिक सूचना प्राप्त नहुँदा सम्म यहि सम्बत समन्धित सबैले मान्नु पर्ने सांगठानिक धारणा राख्दै माघे संक्रान्ति समेतको छोटो किम्बदन्ती पेस गर्नु भएको थियो। बयोबृद्ध र बृद्धाको हातबाट बन तरुलको टीका सबैले ग्रहण गर्दै सेल रोटीसहित अन्य मिठा परिकार भोजनहरु सबैले ग्रहण गर्दै यहि समयमा चाम्लिङ् खम्बतिम वेलायतले निर्माण गरियको “इमो छैमारी” हाम्रो परिचय, समेत छायाँ प्रदर्शन गरियको थियो।

कार्यक्रमको अन्त्यमा संस्थाका महासचिव इश्वर चाम्लिङले अब निकट भविष्यमा नै चाम्लिङ खाम्बतिमले एउटा गतिलो सिनेमा बनाईदैछ भन्दै सबै आदरणीय सदस्यहरुलई तमतयार रहनु होला भनेर आव्हान गर्दै सो को घोषणा गर्नु भयो। मनोरंजनात्मकको कार्यक्रमको फाँटमा अतिनै लोकप्रिय स्थानीय चाम्लिङ भाषी गायक टाईटेक्स प्लोमोछा राईले उहाँको सहयोगी र संस्थाका अध्यक्ष सहित नेपाली गीतलाई चाम्लिङ भाषामा अनुवाद गर्दै मिठा मिठा गीत गाएर मनोरञ्जन मात्रै होइन चाम्लिङ भाषाको जगेर्ना समेत गर्नु भएको सर्वसाधारण सबैको ठम्याई थियो।

कार्यक्रमका सहभागी सबैलाई अध्यक्षले धन्यवाद दिदै समापन गर्नु भएको थियो। अतिथिहरुमा नेपालबाट तमु धीको निमन्त्रणमा आएकी चर्चित गायिका मेलिना राई, तेक्वान्दो मास्टर राष्ट्रकुमार राई र अन्य अथितिहरुको आतिथ्यमा रत्नकुमार राईको अध्यक्षतामा उप-महासचिव देबेन्द्र खेरेसले संचालन गर्नु भएको थियो । दिउसो करीव १:३० बजे शुरु भएको कार्यक्र साँझ करीब ७:३० तिर सम्पन्न भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21585