तनहूँमा यसरी मनाइयो माघे संक्रान्ति

विनोद रखाली मगर / एचकेनेपाल डट कम –
माघ, तनहुँ। मगर र थारु समुदायको महान् पर्व तथा नेपालका आदिवासी जनजातिहरुले विशेष रुपमा मनाउदै आएको माघे सकराटी पर्वको अवशरमा तनहुँको दमौलीमा नेपाल मगर संघ जिल्ला समिति तनहुँको आयोजनामा विविध कार्यक्रम सहित मगर माघे सकराटी (संक्रान्ति) पर्व सम्पन्न भएको छ।

मगर समुदायको प्रमुख पर्व समेत रहेको माघेसकराटी पर्व विशेष कार्यक्रमको उद्धघाटन गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वमहासचिव शिवलाल थापा मगरले माघे सकराटी पर्वको मौलिकताका विषयमा बोल्दै संस्कृतिमा धनी नेपालका आदिवासी समुदायको इतिहास र पहिचानको जर्गेना गर्नुनै आजको प्रमुख आवश्यक्ता रहेको वताउनुभयो।

पूर्व मन्त्री थापाले देशको हरेक राजनितिक परिवर्तनमा मगर समुदायको भूमिका महत्वपूर्ण रहेको भन्दै राज्यले मगर समुदायको भूमिकालाई ओझेलमा पार्ने षड्यन्त्र गरीरहेको प्रति गम्भिर आपत्ति प्रकट गर्दै मगर समुदायको प्रमुख मुद्धा मगरात राज्यलाई पुर्नसंरचना गर्न राजनितिक दलहरुको ध्यानाकर्षण गराउनुभयो।

यस्तै क्षेत्र न. १ तनहुँ देखि प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठले आदिवासी जनजाती लगाएत समग्र तनहुँवासीको विकाशका लागी आफु लागीपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मगर जाती जनसङ्ख्याको हिसावमा सबैभन्दा वढी रहेको तनहुँ जिल्लामा मगर समुदाय देखि प्रतिनिधि तथा प्रदेश सभामा प्रवेश हुन नहुनु अत्यन्त दुखद रहेको भन्दै श्रेष्ठले मगरसमुदायको हक अधिकार र भावनालाई आफुले नजिक देखि लिएको आश्वसान दिनुभयो । मगर माघे सकराटी पर्व कार्यक्रममा प्रदेश सभा सांसद सरिता गुरुङ् , दोवाटे वि.क., जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष मन्धरी आले मगर, म्याग्दे गाउँपालिकाका प्रमुख मायादेवि राना मगर , नेपाल मगर विधार्थी संघ केन्द्रीय समितिका सचिव सुमना थापा मगर , नेपाली काङ्ग्रेसका प्रतिनिधि निल वहादुर थापा मगर लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।

मगर माघे सकराटी पर्वकै अवशरमा मगर समुदायमा प्रचलित खुल्ला कौरा प्रतियोगितामा तर्फ नेपाल मगर विद्यार्थी संघ तनहुँले प्रथम स्थान ओगट्दै नगद रु. १०,००० हात पार्न सफल भयो । यता विमलनगर लघु उद्यम मोइ समुहले द्धितीय स्थान हासिल गर्दै नगर रु. ८,००० प्राप्त गर्न सफल भयो । खुल्ला रस्सा कस्सी प्रतियोगिता तर्फ स्वाग्दे आमा समुुह कमलबारी प्रथम हुदै नगद रु. २,००० प्राप्त गर्न सफल भयो । खुल्ला रस्सा कस्सी तर्फनै मगर गुठ मोई समुहले द्धितीय स्थान ओगट्दै नगद रु. १५,०० हात पार्यो । खुल्ला छेलो पार्ने खेल तर्फ सुनिल धमाल प्रथम हुदै नगद रु. १,००० र बिचित्र ठकुरीले द्धितीय स्थान हासिल गर्दै नगद रु. ७,०० सहित प्रमाणपत्र हात पारे । कार्यक्रमकै अवशरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद तर्फ उत्कृष्ट प्रदशन गरेका विभिन्न क्षेत्रका खेलाडीहरु विमल थापा मगर ,कमल कुमार थापा मगर, अनिता थापा मगर, दिपेश आले मगर लाई सम्मान गरीएको थियो । तनहुँ जिल्ला देखि प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित प्रतक्ष्य तथा समानुपातिक तर्फका सांसदहरुलाई पनी सम्मान गरीएको नेपाल मगर संघ तनहुँले जनाएको छ । मिस्टर एण्ड मिस कल्चर एण्ड टुरिजम तर्फका विजेताहरु आदिप घर्ति मगर र सिल्पा राना मगरलाई समेत सम्मान गरिएको थियो।

तनहुँका विभिन्न नगरपालिका र गाउँपालिका देखि मगरहरुको उल्लेख सहभागिता रहेको माघे सकराटी विशेष कार्यक्रममा राष्ट्रिय कलाकारहरु वसन्त परियार, प्रिया गुरुङ् , पदम थापा मगर , अनुराग थापा मगर लगाएत स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीले दर्शकहरु छमछमी नाचेका थिए । माघे सकराटीमा प्रचलित विभिन्न खाना, खाजाका परीकारहरुको स्टल, मगर भाषाको पुस्तक प्रदशनि लगाएत स्टल समेत राखिएको थियो । नेपाल मगर संघ तनहुँले वर्षेनी आयोजना गर्ने मगर माघे सकराटी पर्व विगतमा तनहुँ महोत्सव र दमौली महोत्सव संग समन्वय गरी आयोजना गरीएको भएता पनी यस वर्ष माघे सकराटी पर्वमा महोत्सव आयोजना नगरीएकाले नेपाल मगर संघले दमौली अस्पताल अगाडीको खुल्ला मैदानमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको पुर्व सन्धामा आइतवार साझ नेपाल मगर युवा संघ तनहुँले मोटरसाइकल र्याली र आज विहान मगर संघको अगुवाईमा विभिन्न झाकीं सहीतको विशाल र्यालीले दमौली बजार परीक्रमा गरेको थियो।

नेपाल मगर संघ तनहुँका उपाध्यक्ष गीता थापा मगरको स्वागत मन्तव्य सङ्गै सुरु भएको मगर माघे सकराटी पर्व नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरको अध्यक्षता र कार्यक्रमको सन्चालन मनिराज थापा मगर र नन्दु थापा मगरले सञ्चालन गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

21603