निगमको एयरबस दिल्लीमा ग्राउन्डेड भएपछि इन्जिन भाडामा लिने तयारी


काठमाडौँ, ३ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस दुई सातादेखि नयाँ दिल्लीमा ग्राउन्डेड भएको छ।

एयरबसको इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको नेवानिका महानिर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । कंसाकारले भने,

-जहाजको इन्जिनमा समस्या देखिएको छ ।
-इन्जिन मर्मतमा समय लाग्छ।

इन्जिन मर्मत गर्न समय लाग्ने भएपछि नेवानिले इन्जिन भाडामा लिने तयारी गरेको छ।

निगमले चार बर्षअघि मात्रै खरिद गरेको एयरबसको इन्जिनमा समस्या आएको हो । नेवानिले तीन महिनाका लागि मासिक दुईदेखि तीन करोड रुपैयाँ खर्च गर्दै इन्जिन भाडामा लिन लागेको खबर अन्नपूर्ण पोस्टमा छ।





Comments

comments

Leave a Reply

21619