बेलायतका बिभिन्न शहरहरुमा ‘एभरेष्ट म्यूजिकल ब्लाष्ट २’ आयोजना हुँदै

भूमिराज राई / एचकेनेपाल डट कम –

बेलायत। ई-मिडिया हब युके दोश्रो साँगीतिक प्रस्तुती “एभरेष्ट म्यूजिकल ब्लाष्ट २” यहिँ आउँदो २७ जनवरी साँझदेखि युकेका बिभिन्न स्थानहरुमा आयोजना गर्ने भब्य तयारीमा रहेको छ।

नेपालकी चर्चित गायिका मिलन अमात्यसहित गायिका ममता गुरुङ र एभरेष्ट आईडल युके २०१७ का बिजेताहरु सोनाहाङ राई, निमान प्रताप तामाङ, दिप प्रकाश राई र सुमी राई सहित अन्य कलाकारहरुको प्रस्तुती रहने बिषेश साँगीतिक कार्यक्रमको प्रचार प्रसारमा ई-मिडिया हब युके जोडतोडका साथ जुटिरहेको र बिशेष गरेर कार्यक्रमलाई कसरी उत्कृष्ट बनाउने भन्ने कुरामा आयोजकहरु कार्य गरिरहेको जानकारी कार्यक्रम संयोजक ईन्टरटेनमेन्ट प्रमुख किसन राईले जानकारी दिएका छन्।

“हामी हाम्रो दर्शकहरुलाई कसरी बढी मनोरञ्जन दिएर उत्कृष्ट कार्यक्रम पस्कन सकिन्छ ? भन्नेमा अहिले बढी केन्द्रीत रहेर तयारी गरी रहेका छौं, हामी यो फिल्डमा एक पटकको लागि होईन पटक पटक दर्शकहरु बिच पुग्नु पर्छ, त्यही भएर पनि हामीले आयोजना गर्ने कार्यक्रम उत्कृष्ट हुनु जरुरी छ,” भन्दै किसन राईले बरु उत्कृष्ट कार्यक्रम दिन नसक्ने कारण भएको खण्डमा ई-मिडिया हब युकेले कार्यक्रम आयोजनालाई प्राथमिकता नदिने गरेको बताए।

पहिलो कार्यक्रम अल्डर्सटको एम्पाएर हलमा २७ जनवरीको साँझ ६ बजेदेखि ढोका खुला हुने छ। पहिलो शो भब्य रुपमा कार्यक्रम गर्ने तयारी पूरा भएको छ।

कार्यक्रममा गायक नोर्देन तेन्जिङ र गायक तथा संगीतकार बिसी राई अतिथि रहने छन् । अन्य अतिथिहरु पनि उपस्थित हुने पहिलो कार्यक्रम ई-मिडिया हबको मेन ईभेन्ट हो।

दोश्रो कार्यक्रम साउथ ह्यारोको ह्यारो बरो फुटबल क्लबमा २ फेब्रुवरी शुक्रबार साँझ, तेश्रो कार्यक्रम आशफोर्ड केन्टको क्रीस्चियन फेलोशिप चर्च हल, चौंथो कार्यक्रम उलविचको द ट्रामसेड थियटर हलमा कार्यक्रम तय भएको र अन्य स्थानहरुमा कार्यक्रम तय गर्ने प्रकृया चलिरहेको छ।

गायिका मिलन अमात्यले आफ्ना चर्चित गीतहरु गाला रातै, आशैको गुलेलीमा, ठेकीमा दही, जहिलेसम्म, सिरिमा सिरी, यो के हो माया जस्तैलगायत थुप्रै हिट नम्बर प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने तयारी छ।

ममता गुरुङ र एभरेष्ट आईडलका बिजेताहरुको पनि उस्तै बेजोड प्रस्तुती रहने छ । यो समग्रमा मनोरन्जनको प्याकेज नै हो । एउटै कार्यक्रममा थुप्रै खालको साँगीतिक स्वाद चाख्ने मेला हो भन्छु म”, भन्दै कार्यक्रम संयोजक किसन राईले कार्यक्रम किन हेर्ने भन्ने बिषयमा आफ्नो धारणा राखे।

आवश्यक सबै तयारी पूरा गरेर अहिले कार्यक्रमको टिकट उपलब्ध रहेको जानकारी दिंदै कार्यक्रममा उपस्थित भएर नेपाली गीत सँगीत, कलाकार र आयोजकहरुलाई पनि सहयोग र समर्थन गरिदिन आयोजक ई-मिडिया हब युकेले हार्दिक अपिल गरेको छ।

आयोजक र कार्यक्रम संयोजकले भने अनुसार कार्यक्रम कत्तिको उत्कृष्ठ र भब्य हुने हो त्यो भने आगामी २७ जनवरी साँझ एम्पाएर हल र अन्य स्थानहरुमा आयोजना हुने कार्यक्रम हेरेपछि नै थाहा हुने छ।

नेपाली गीत संगीतलाई माया गरिदिन सबै नेपाली मन, जनप्रति हार्दिक अनुरोधसहित ई-मिडिया हब युकेले सबैलाई कार्यक्रममा उपस्थिच हुन चुले निम्तो दिएको छ।





Comments

comments

Leave a Reply

21629