मुख्यमन्त्री र सभामुखबारे ओली-प्रचण्डबीच यस्तो छलफल

काठमाडाैं, ६ माग । एमाले र माओवादी केन्द्रले पहिलो चरणमा प्रदेश सरकारको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा मन्त्रीहरूको सिट बाँडफाँड टुंग्याउने गरी छलफल अघि बढाएका छन्।

प्रदेश सांसदहरूले आइतबार शपथ लिएलगत्तै प्रदेश सरकार गठन प्रक्रिया अघि बढ्ने भएकाले पहिलो चरणमा ती पदको भागबन्डा टुंग्याउने गरी छलफल अघि बढेको खबर नयाँ पत्रिका दैनिकमा खबर छ।

६ वटा प्रदेशमध्ये एमालेले १, ३, ४ र ५ सहित चार र माओवादी केन्द्रले ६ र ७ सहित दुईवटा प्रदेशको मुख्यमन्त्री लिने गरी छलफल अघि बढेको छ । एमालेमाथि प्रदेश ६ को मुख्यमन्त्री छाड्न नहुने दबाब छ भने माओवादीभित्र उसले मुख्यमन्त्री पाएका प्रदेशमा सभामुख छाड्न नहुने दबाब छ।

एमालेले पार्टीका धेरै नेता व्यवस्थापन गर्नुपर्ने भएकाले ४ र ५ बाहेक चारवटा प्रदेशमा सभामुख लिने, तर माओवादीलाई चारवटै स्थानमा उपसभामुख दिन सकिनेसम्मको विकल्प पनि छलफलमा राखेको छ । ओली र प्रचण्डबीच यिनै विकल्पमा केन्द्रित रहेर शुक्रबार छलफल भएको स्रोतले जनाएको छ । ‘शपथलगत्तै प्रदेश सरकार गठन प्रक्रिया सुरु हुने भएकाले उहाँहरूबीच त्यसैमा छलफल केन्द्रित भयो,’ ओलीका प्रेस संयोजक अधिकारीले भने।

तर, माओवादी नेता वर्षमान पुनले भने वाम कार्यदलमा प्रदेश सरकार गठनको एजेन्डा प्रवेश भइनसकेको बताए । ‘अनौपचारिक तहका कुरा हुन सक्छन्, तर कार्यदलमा औपचारिक छलफल भइसकेको छैन, अबको बैठकमा छलफल हुन सक्छ,’ उनले भने।





Comments

comments

Leave a Reply

21661