चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ

काठमाडौँ, ११ माघ । विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ।

विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति शुद्धीकरण विभागको आरोपमा दाबी नपुग्ने फैसला सुनाएको खबर कान्तिपुरमा छ।

चक्रे मिलनसहित ५ जनाविरुद्ध २०७० जेठ ५ मा छुट्टाछुट्टै रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो।

विभागले ७ करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको थियो।





Comments

comments

Leave a Reply

21732