किन आउँदैछिन् भारतीय विदेश मन्त्री सुस्मा स्वराज ?

काठमाडौँ: भारतीय विदेशमन्त्री सुस्मा स्वराजले आगामी फेब्रुअरी १ र २ तारिख (माघ १८ र १९ गते) मा नेपालको भ्रमण गर्ने भएकी छन् । नेपालमा वाम गठबन्धनले सरकार बनाउन लागेको पूर्वसन्ध्यामा स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार निर्माणको प्रयास अन्तिम चरणमा पुगिरहेका बेला विदेशमन्त्री स्वराज छिमेकीसँगको सम्बन्ध अझ मजबुत बनाउन नेपाल भ्रमणमा निस्कन लागेको जानकारी भारतीय विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यो भ्रमणलाई भारतीय पक्षले भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदानप्रदानको संज्ञा दिएको छ । ‘यो भ्रमण भारत र नेपालबीच नियमित उच्चस्तरीय राजनीतिक आदान-प्रदानको परम्परालाई ध्यानमा राख्दै हुन लागेको छ’, भारतीय विदेशमन्त्रालयले विज्ञप्तीमार्फत भनेको छ, ‘त्यसैगरी द्विपक्षीय साझेदारी र दुवै देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा अझ मजबुत बनाउन यो भ्रमण महत्वको दर्शाउँछ ।’

भारतीय विदेश मन्त्रालयले स्वराजको आगामी यात्रा नेपालका क्रममा राजनीतिक नेतासँग परस्पर हितका मुद्दामा वार्ता र विचार विमर्शको अवसर पनि मिल्ने अपेक्षा गरेको छ । ‘यो भ्रमणले नेपाली राजनीतिक नेतृत्वसँग विचार विमर्श गर्ने अवसर दिनेछ’, भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘भारत र नेपालबीच रहेको पुस्तौँदेखिको मित्रता र विशेष सम्बन्धलाई अझ बलियो बनाउन यो भ्रमणले अवसर प्रदान गर्नेछ।’ अन्नपूर्णपोष्टले खबर छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21801