साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

काठमाडाैं । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे।

७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल्न सुरु गरे, भाँडामा पानी बसाले, चिनी, चियापत्ती हाले । चिया तयार भयो । उनीहरुकै साथीको अर्को समूहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौं ।’

बिहानको चिसोमा चोकवरपर जम्मा भएका सर्वसाधारण ससाना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए । केही बेरपछि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी आइपुगे । केसीले ससाना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे। आजको नागरिकमा खबर छ।

भीमेश्वर नगरपालिका ५ ठुल्ढुंगाका १४ वर्षीय मदन केसी गौरीशंकर बोर्डिङ स्कुलबाट ८ कक्षासम्मको पढाइ पूरा गरेर यसै शैक्षिक सत्रमा सदरमुकामकै कालिञ्चोक उच्च माविमा ९ कक्षामा भर्ना भएका थिए । बाबु नारायण केसी सोही स्कुलमा सहायक थिए । आमा मीना चरीकोटको बजारमा नाङ्लो पसल चलाउँथिन् । बहिनी बोर्डिङमै पढ्दै थिइन् ।

मदनको पढाइ राम्रै चल्दै थियो । बाबुआमाको कमाइले परिवार जेनतेन चलेकै थियो । दुई महिनाअघि एक दिन मदनलाई अचानक ढाड दुख्यो । नजिकैको मेडिकल गए । एक्सरे गर्दा केही समस्या नदेखिएपछि उनीहरु फर्किए । १५ दिनपछि फेरि घुँडालगायत शरीरका विभिन्न भागमा दुख्ने समस्या देखियो । बाबुआमाले झाँक्रीकोमा लिएर गए । ठीक भएको अनुभूतिपछि मदन फेरि स्कुल जान थाले । स्कुलमा नेपाली सेनाले राष्ट्रिय सेवा दलअन्तर्गत विद्यार्थीलाई दिएको तालिममा उनी पनि सहभागी थिए ।

सेनाले उनीसहित सहभागीलाई भ्रमणका क्रममा एक महिनाअघि विराटनगर लिएर गयो । खेलकुदसहित केही सामान्य अभ्यास थियो । पाँचौं दिन उनको अनुहार अचानक सुन्नियो । धरानस्थित बिपी कोइराला मेमोरियल अस्पताल लगियो । अस्पतालले उनको रगत र शरीरमा रगतको मात्रा जाँच गर्यो । ब्लड क्यान्सरको आशंकामा उनलाई तत्काल भक्तपुर क्यान्सर अस्पताल रिफर गरियो । भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले बोनम्यारो गरेर रिपोर्ट दिल्ली पठाए । एक सातापछि उनको रिपोर्ट आयो । उनलाई ब्लड क्यान्सर भएको रहेछ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21829