केदार सङ्केतको खण्डकाव्य विमोचित

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम-
लण्डन। कवि केदार सुनुवारका बहुप्रत्तिक्षित खण्डकाव्य “अफिम फूल्ने देशमा” ह्याम्पसायर, फार्नब्रोस्थित ओकफार्मको हलमा शनिवार भव्य समारोहबिच लोकार्पण भएको छ।

समारोहमा ह्याट्रिक अर्थात तीनवटा कार्यक्रम एकै साँझ सम्पन्न भएकोमा सहभागीहरु सबै प्रसन्नभात्र नभर्इ दङ्ग परेका थिए। समारोहका मुख्य नायकहरु केदार सङ्केत र उनका नवजात शिशु किमार्थ लिअन थिए। किमार्थ (पक्कै सफल हुने)) लिअन जन्मेको खुशी साथै उनको अन्नप्राशन र पुस्तक विमोचन एकैदिनमा सम्पन्न गरिएको थियो। साथै यूके नेपाल इेभेन्ट प्रोमो पनि सोही अवसरमा सम्पन्न भएको थियो।

तेहरो कार्यक्रममा लगभग ढाईसय जना जतिको भव्य सहभागिता रहेको थियो। पुस्तक विमोचनभन्दा पहिले शिशुलाई अन्नप्राशनको शुभ अवसरमा सहभागीहरु तथा आफन्तजनहरुले अशिर्वाद दिएका थिए। यसैबिच मनोरञ्जनका लागि मञ्चमा मोहक नृत्यहरु तथा मधुर गीतहरु प्रस्तुत गरेर दर्शकदीर्घलाई भरपूर मनोरञ्जन दिएको थियो।

साँझको कार्यक्रमलाई उद्घोषक जगतकी मल्लिका लाराले आफ्नो मनमोहक शैलीमा सञ्चालन गरेकी थिईन्। उनले पुस्तक विमोचनका लागि अतिथिहरुलाई मञ्चमा बोलाउनु अघि पानसमा बत्ती बालेर भिन्न शैलीमा पुस्तक विमोचन गराएकी थिईन्। पुस्तक विमोचनको निम्तोलाई स्वीकारेर सहभागी भएका सर्जकहरुमा स्वयं लारा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष (यूरोप क्षेत्र) तथा पञ्चासे. समाजका अध्यक्ष सुमल कुमार गुरुङ, नेपाली प्रत्तिभा प्रतिण्ठान बेलायतका अध्यक्ष दयाकृष्ण राई, सुनुवार समाज बेलायतका अध्यक्ष मोतिराज सुनुवार तथा विश्व साहित्य महासंघका अध्यक्ष विश्वदिप तिगेलालगायत थिए। विश्वदिप तिगेला श्रीमतिसहित केहि समय पश्चात सहभागी भएका थिए।

सर्जक केदार सङ्केत रचित नव खण्डकाव्यको विमोचन अग्रज सर्जक सुमल कुमार गुरुङको बाहुलीबाट सम्पन्न भएको थियो तथा यस पुस्तक बारे दयाकृष्ण राईद्वारा प्रकाश पारिने योजना रहेता पनि पुस्तक प्राप्त समयमा हुन नसकेकाले उनले आफ्नो मन्तव्यको क्रममा सर्जक सङ्केत बारे केही भनाई राख्दै उनले विमोचित पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। पुस्तक विमोचनको क्रममा लाराले परिवारका सबै जनालाई मञ्चमा आमन्त्रित गरेकी थिईन्।

मोतीराज सुनुवारले नेपाली भाषासाहित्यलाई माया गर्नुपर्छ भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सुमल कुमार गुरुङले संक्षेपमा सङ्केतका कृतिहरुबारे प्रकाश पार्दे उनलाई तथा उनको परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सुमल कुमार गुरुङले एउटा कविता वाचन गरे पश्चात आफ्नो भरखेरै लोकार्पन गरेको नविनतम कृति “अतितको आँखिझ्यालभित्र नियाँल्दा” सर्जक केदार सङ्केतलाई प्रदान गरेका थिए।

अन्तमा समारोहका नायक केदारले सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नै खण्डकाव्यको अंश वाचन गरेर दर्शक दीर्घलाई सुनाएका थिए। यस खुशीको माहोलमा केदार सङ्केतका २ जना छोरीहरु प्रेरिका र प्रकृत्तिले मोहक नृत्य गरेका थिए तथा अन्य नृत्यकलाकारहरुमा जिमी सुनुवार, अभिषेक सुनुवार तथा नवोदित गायक दौलत राईले सुमधुर गीतहरु गाएर दर्शकहरुलाई धित मरुन्जेल नचाएका थिए। सात सर्गमा प्रस्तुत गरिएको अफिम फूल्ने देशमा खण्डकाव्यको विमोचन कार्यक्रम अत्यन्त मनोरञ्जनपूर्ण रहेको थियो।





Comments

comments

2183