७ बर्षपछि पुलिसलाई आहा राराको उपाधि



सुदर्शन रञ्जित
/ एचकेनेपाल डट कम –

पोखरा,२० माघ। सात बर्षपछि विभागीय टोली नेपाल पुलिस क्लव आफ्नो लयमा फर्किदा पोखरामा शनिबार सम्पन्न भएको १६ औं संस्करणको आहा! रारा गोल्ड कपको उपाधि जितेको छ।

म्यान अफ दी म्याच घोषित सब्स्टीच्यूट खेलाडी राम वाजीको निर्णायक एक गोलको मद्धतले पुलिसले प्रतिद्धन्दी टिम थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिसहित ७ लाख एक हजार पुरस्कार प्राप्त गरेको हो । उपविजेता भएको थ्रिस्टारले भने ३ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्यो।

अभिषेक रिजालको स्थानमा खेलको ८३ औं मिनेटमा मैदान छिरेका वाजीले अतिरिक्त समयको पहिलो हापको ईन्जुरीको दोश्रो मिनेटमा गोल गरेका हुन। अतिरिक्त समयको इन्दुरी समय तीन मिनेट थपिएको थियो । निर्धारित ९० मिनेटको समयमा गोल रहित खेल बराबरीमा पुगे पछि १०÷१० मिनेटको अतिरिक्त समय थपिएको थियो । रवि पासवानको क्रसमा निरकुमार राईले डि–बक्स नजिक दिएको वललाई वाजीले जाली चुम्दी पुलिसलाई पोखरामा ७ बर्ष पछि पहिलो पटक उपाधि दिलाएका हुन। यो जितसँगै पुलिसले क्याराभान गोल्डकप सहित आहा ! रारा गोल्डकपको उपाधि छैटौं पटक जितेको छ । गोल हुनु भन्दा दुई मिनेट अघि पुलिसका निर कुमार राईले पोष्टमा प्रहार गरेको वल क्रस वारमा लागेर ड्रव हुदै बाहिरिएको थियो । आहा रारा गोल्ड कपको ईतिहासमा ४ फाईनलमा पुगेर जित हासिल गरेको थ्रिस्टारले यस पटक फाईनलमा पुगेर पनि फाईनलमा गोल गर्न नसके पछि उपविजेतामै सिमित हुनु पर्यो । आहा राराको १३ औं संस्करणमा सेमिफाईनलमा थ्रिस्टारले पुलिसलाई पराजित गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिसका रवि पास्वान घोषित भए । उनले एक थान हिरो ड्यास स्कुटर उपहार प्राप्त गरे । त्यसै गरी प्रतियोगितामा ३/३ गोल गरेका पुलिसका सुनिल लामा र थ्रिस्टारका विश्वास श्रेष्ठले सर्वाधिक गोल कर्ताको उपाधि हात पारे । उनीहरुलाई २५ हजार नगद बाडिएका छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्समा पुलिसका अजित भण्डारी, उत्कृष्ट मिड फिल्डरमा थ्रिस्टारका सुनिल वल, उत्कृष्ट गोलरक्षकमा पुलिसका सत्रुधन चौधरी,

उत्कृष्ट स्टाइकरमा थ्रिस्टारका विश्वास श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा र प्रतियोगितामा अनुसासित टीममा सुदुर पश्मिाञ्चल ११, स्पोटिङ क्लव घोषित भएको छ । विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई जनहि १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

विजयी खेलाडीहरुको टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एआईजी कमल सिंह वम, नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष निरन्जन राजबंशी, हिमश्री फुड्स् प्रालिका निर्देशक प्रकाश केसी, पृथ्बीराजमार्ग बस संचालक समितिका उपाध्यक्ष धर्म अर्याल, प्रतियोगिता संयोजक हरिराम गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।

थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले आफ्ना खेलाडीहरु लगातार यस सिजनमा धेरै खेल खेलेर थकित भएकोले सोचे जस्तो खेल्न नसकेको बताए । नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले आफ्ना खेलाडीहरुले आफ्नो रणनिती अनुसार खेलेर जित भएको दाबी गरे।

माघ ९ गतेबाट पोखरामा संचालन भएको प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिराम गुरुङ (सुरज) ले बताए । आहा रारा गोल्ड कप हेर्न रंगशाला पुगेका कास्की माछापुच्छ्रे गाँउपालिका ३ घोचोकका उज्जल पोखरेल भाग्य शालि दर्शक भएकाछन। भाग्यशालि दर्शक उपहार अन्र्तगत पोखरेलले एक थान स्कुटर प्राप्त गरेका हुन। त्यसै गरी पोखरा उक्तमचोकका हरि बहादुर कार्कीले भाग्य शालि टेलिभिजन (२१ ईन्चको एल.जी) उपहार प्राप्त गरे।





Comments

comments

Leave a Reply

21884