मिस नेपालको धरानमा अडिसन

एचकेनेपाल डट कम –
धरान / नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालको २३ औं संस्करणको लागि शुक्रबार धरानको नवयुग होटलमा अडिसन सम्पन्न भएको छ।

५.४ इन्च , प्लस २ पास र १९ देखि २५ बर्ष उमेर पुगेका युवतीहरुले भाग लिन पाउने मिस नेपालको धरान अडिसनका लागि ४ जना अडिसनमा सहभागी थिए। नेपालगंज, बीरगंज ,पोखरा, बुटवल , नेपालगंज ,धनगढीमा समेत अडिसन सकिसकेको मिस नेपालको बिर्तामोड अडिसन आगामी फाल्गुन १ गते हुनेछ भने फाल्गुन ५ गते काठमाडौंमा अन्तिम अडिसन हुनेछ।

धरान अडिसनमा अनुपमा बास्तोला ,सन्ध्या भेटवाल , सुम्निमा खापुंग र अनु ढुंगाना सहभागी भएकोमा अनु ढुंगाना मिस पूर्वानञ्चल २०१७ की सेकेन्ड रनरअप भएकोले डाइरेक्ट इन्ट्री दिइएको छ भने अन्यलाई काठमाडौं अडिसन सम्पन्न गरेपछि प्रस्तुती तथा प्रतिभाको आधारमा अन्तिम २५ जनाको लागि सहभागी गराईने आयोजक हिडेन ट्रेजरका निर्देशक अजय स्थापितले बताउए।

आगामी चैत्र २८ गते काठमाडौंमा भब्यरुपमा मिस नेपालको फिनाले आयोजना हुने मिस नेपालको धरान अडिसनमा हिडेन ट्रेजरमन निर्देशक अजय स्थापित , मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ र सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठ निर्णायक रहेका थिए।

त्यस्तै अडिसनअघि मिस नेपाल अर्थ २०१७ रोजिना श्रेष्ठ , मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनरअप इक्सा मादेनले धरानको युएन कलेज र केन्द्रीय प्रविधि क्याम्पसमा कलेज क्याम्पिनमा सहभागी भएका थिए । कलेजका बिद्यार्थीहरुलाई मिस नेपालको बारेमा जानकारी दिदै बिभिन्न मनोरञ्जनात्मक प्रतियोगिता ,सेल्फी प्रतियोगिता संचालन गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

21996