नक्कली गहनामा डेढ सय महिला प्रहरी

काठमाडौँ, १ फाल्गुन । महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष गरेर यो बर्ष शिवरात्रीमा प्रहरीले नयाँ सुत्र अपनाएको छ।

दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थीकै भेषमा।

सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढ सय महिला प्रहरी खटिएको खबर अन्नपूर्णपोष्टले छापेको छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार,

-विगतका बर्षमा लुटेराले दुख दिए पछि यो बर्ष नयाँ सुत्र परिचालन गरिएको हो ।
-शिवजीको दर्शन गर्न पुगेका दर्शनार्थीको भीडको फाइदा उठाउँदै लुटेराले गहना लुट्ने गरेका छन् ।
-भीडमा पीडितले लुटेरा पहिचान गर्न नसकेपछि लुटेरा उम्कने गरेको देखियो ।
-लुटपाट कम गर्न महिला प्रहरी दर्शनार्थीकै भेषमा नक्कली गहना लगाएर खटिन्छन्, लुट्न खोजे समात्न सजिलो हुन्छ।





Comments

comments

Leave a Reply

22033