बलात्कारपछि बालिकाको हत्या

राजविराज – ११ बर्षीया बहिनीलाई बलत्कार गरि हत्या गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई शुक्रवार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ।

जिल्लाकै खडक नगरपालिका–९ लालपट्टीका १८ बर्षीया राजदेव मण्डललाई आफ्नै काकाकी छोरी ११ बर्षीया पार्वतीकुमारी मण्डललाई बलात्कार पश्चात हत्या गरेको आरोपमा प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार घटना माघ २५ गते साँझको हो । सामान्य विरामी रहेकी पार्वती आफ्नो घरमा एक्कलै सुतिरहेका वेला आरोपी राजदेवले उनीसँग जवरदस्ती  शारिरीक सम्बन्ध बनाउन खोजेका थिए । पार्वतीले हल्ला गर्न थालेपछि राजदेवले उनको मुख थुनेर जबरदस्ती करणी गरेको प्रहरीको आरोप छ।

जबरदस्ती करणी पश्चात पीडित बालिकाले हो–हल्ला मचाउन खोजिन तर अभियुक्तले पीडितको शरिरमा चढि घुँडाले थिचेर कुर्ताको तुनाले घाँटी वेरी हत्या गरेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी गराए । एसपी सिंहले भने, ‘कुर्ताको तुनाले पीडित बालिकाको घाँटी करिब १५ मिनेटसम्म थिचेर हत्या गरिएको हो ।’ घटना पश्चात आरोपि भने तत्कालै फरार भएका थिए ।  हत्या गरिएकी पार्वतीका वुवा वैदेशिक रोजगारमा छन् । घटनाको दिन पार्वतीको टाउको दुखि रहेका कारण उनकी आमा नजिकै रहेको पसलवाट औषधि किन्न गएकी थिइन । घटनाको झण्डै पाँच घण्टापछि मात्रै प्रहरीले जानकारी पाएको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

22076