यसरी खारेज हुदैछ – देउवा सरकारले गरेका नियुक्ति र निर्णय

काठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका गैरकानुनी नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ।

यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन्। नागरिक दैनिकमा खबर छ।

‘निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा गरिएका सबैखाले नियुक्ति र निर्णय स्वाभाविक रुपमा खारेज हुनेछन्,’ एमाले नेता अग्निप्रसाद खरेलले भने, ‘त्यसबारे मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिनेछ ।’

पछिल्लो समय देउवा सरकारले गरेका नियुक्ति र निर्णयप्रति वाम गठबन्धनको शीर्ष नेतृत्वले आपत्ति जनाउँदै आएको थियो । पत्रकार सम्मेलन नै गरी नियुक्ति नगर्न आग्रह गर्दागर्दैै पनि प्रधानमन्त्री देउवाले सरकार छाड्ने दिनसम्म पनि नियुक्ति, निर्णय र सरुवाबढुवा गरेका थिए।





Comments

comments

Leave a Reply

22079