राष्ट्रपति र उपराष्ट्रपतिका आकांक्षीहरु

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन्।

भण्डारीले ओली र प्रचण्डसँगको पटक–पटकको भेट र ‘डिनर मिटिङ’मार्फत कूटनीतिक ढंगले दोहोरिने चाहना प्रकट गरेकी छिन् । उता खनालले अहिलेकै राष्ट्रपति दोहोरिँदा राम्रो सन्देश नजाने भन्दै घुमाउरो तरिकाले राष्ट्रपति भण्डारीको दोहोरिने चाहनाको विरोध गरेका छन् । उनले गठबन्धनको निर्णयअनुसार आफू जिम्मेवारी लिन तयार रहेको बताइसकेका छन्।

माओवादी नेता शेरचनले पनि आफूलाई अघिल्लोपटक नै ‘अफर’ आएको र पार्टी अध्यक्ष प्रचण्डको आग्रहअनुसार जिम्मेवारी लिने मनस्थिति बनाएर बसेको प्रस्ट पारेका छन्।

उपराष्ट्रपतिमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनबाहेक अन्य नेताले अहिलेसम्म आकांक्षा राखेका छैनन् । माघको पहिलो साता एमाले अध्यक्ष ओली थाइल्यान्डको बैंककबाट फर्किएलगत्तै उनको निवास बालकोट पुगेर पुनले कूटनीतिक भाषामा दोहोरिने चाहना प्रकट गरेका थिए। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22082