ओली सरकार बनेसंगै चीनले माग्यो रेल प्रस्ताव

चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ।

वामगठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भईरहँदा चीनले यस्तो प्रस्ताव मागेको आजको कान्तिपुरमा यो खबर छ।

नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ उच्च अधिकारीले खुलाएका हुन्।

हामीले प्राविधिक तथा भौगोलिक अध्ययन गर्यौँ, निकै खर्चिलो छ तर असम्भव छैन, चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई उदृत गर्दै बेईजिङस्थित नेपाली दुतावासले भन्यो, केरुङबाट नै रेल जोड्न सकिन्छ । यसमा नेपालले ढिलाई गर्न हुँदैन।





Comments

comments

Leave a Reply

22123