राई इज किङले धुम मच्याए न्युजिल्याण्डमा

न्युज डेस्क / एचकेनेपाल डट कम –

न्युजिल्याण्ड। सर्वाधिक व्यस्त गायक राजेशपायल राईले फेब्रुवरी १७ तारिख न्युजिल्याण्डस्थित क्रिस्टचर्चमा तहल्का मच्याएका छन्।

भुटानीज सोसाईटी न्युजिल्याण्डले आयोजना गरेको कार्यक्रम सर्वाधिक सफल रहेको जानकारी संस्थाका अध्यक्ष आकाश द्रुग्बाले बताए।

कार्यक्रममा राईले करीब २ दर्जन गीतले भरपूर मनोरञ्जन प्रदान गरे भने सागर सरी चोखो माया गीतमा राईलाई न्युजिल्याण्ड निवासी सत्यालिलाले साथ दिएकी थिइन्।

कार्यक्रममा राईलाई क्रिस्टचर्चका मेयर लियना डेजेलले प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रम राम्रो हुन्छ भन्ने थाहा थियो तर यतिका दर्शकको उपस्थिति होला भन्ने विश्वास थिएन। कार्यक्रम अत्यन्तै भव्य र सभ्य भएकोमा खुशि व्यक्त गरिन् अर्का संयोजक सत्यालिलाले।

उक्त कार्यक्रमपछि राई अष्ट्रेलिया जाँदैछन्।





Comments

comments

Leave a Reply

22147