गोवामा पक्राउ नेपालमा गोली ! मनोजलाई १२, सोमलाई १० गोली

बिहानै ३ बजे इन्काउन्टर : मनोजलाई १२ गोली, सोमलाई १०
शृंखलाबद्ध हत्या र फिरौतीको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके मनोज पुन इन्काउन्टरमा मारिएका छन्।

रुपन्देहीको देवदहमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा मनोजका मुख्य सहयोगी सोमबहादुर आलेको पनि ज्यान गएको छ।

प्रहरीमाथि फायर भएपछि जवाफी कारबाहीमा मारिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) श्याम ज्ञवालीको भनाइ छ । मनोजलाई १२ र सोमलाई १० गोली लागेको थियो । देवदह नगरपालिका–४ भवानीपुरमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा घाइते पुन र आलेको उपचारका क्रममा साढे ५ बजे बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, एउटा
मोटरसाइकल, ल्यापटप र केही डायरी पनि बरामद गरेको छ । मनोजले सुनीलकुमार मगरका नाममा नवलपरासीबाट पासपोर्ट (राहदानी) बनाएको र एटिएममा पनि अर्कै नाम राखेको पाइएको एसपी ज्ञवालीले बताए । भेटिएका प्रमाणमाथि अध्ययन गरेपछि थप तथ्य खुल्ने उनले बताए ।

इन्काउन्टरमाथि शंका
मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा
पूर्वएआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’

गोवामा पक्राउ नेपालमा गोली !
भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’ नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22169