मिलन अमात्यले हातमा खोपिन् ट्याटु

भूमिराज राई / एचकेनेपाल डट कम –
बेलायत। गायिका मिलन अमात्य अहिले सांगीतिक कार्यक्रमको लागि युकेमा छिन्।

कार्यक्रममा ब्यस्त गायिकाले युकेको ‘एभरेष्ट ईन्क’मा ‘म्युजिक मिट्स सोल’ सँगीतले हृदय छुन्छ भन्ने उनको पहिलो एल्बम ‘मिलन’ को स्लोगन रातो ट्रेबल क्लेफ माथि खोपेर धेरै पहिले देखिको ट्याटु खोपाउने चाहाना पूरा गरेकी छिन्।

अनिल स्थापितले ‘मिलन’ एल्बममा कभर डिजाईनसँगै यो स्लोगन पनि एल्बम कभरमा लेखेका थिए । मिलनलाई यो स्लोगनले अत्यन्तै छोएकाले पनि हुन सक्छ दाहिने हातमा गीत गाउँदा माईक समाउँदा देखिने हिसाबले ट्याटु खोपाएकी छिन्।

आधा दर्जन जति कार्यक्रमहरु अझै लाईन अप मै रहेकाले पनि गायिका मिलन ब्यस्त रहेको देखाउँछ।

एसै बीच शहीद स्मारक सहयोगार्थ कार्यक्रमका लागि बेल्जियममा पनि एउटा कार्यक्रममा प्रस्तुती दिन पुग्ने तालिका रहेको छ। समय अभाबका कारण फ्रान्सको पेरिस र स्विजर्ल्याण्डको कार्यक्रम रद्द गर्नु परेको जनाउंदै सोचे जस्तो समय म्यानेज गर्न नसक्दा कार्यक्रम रद्द गर्नु परेको उनले बताईन्।

सांगीतिक कार्यक्रम बाहेक गायिका मिलन अमात्यले ईनास युकेले आयोजना गरेको युरोप स्तरीय गायन तथा नृत्य प्रतियोगिताको अडिसनमा निर्णायकको जिम्मेवारी पनि निभाउन भ्याएकी छिन्। त्यसै गरी मृगौला पीडित नब-गायिका जलजला परियारको सहयोगार्थ कार्यक्रममा प्रस्तुती दिने कार्यक्रम तय भएको छ।

गायिका मिलनलाई इनास युके, पासा पुछ गुठी युके, प्रतिभा नक्षत्रलगायत संस्थाहरुले संयुक्त रुपमा सम्मान गरेका छन्।

ई-मिडिया हब युकेले आयोजना गरेको ‘एभरेष्ट म्युजिकल ब्लाष्ट २’ सांगीतिक कार्यक्रमका लागी गायिका मिलन युके आएकी हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22195