थप ६ विमान किन्दै नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले थप छ वटा विमान खरिद गर्ने भएको छ। विमान खरिद गर्न व्यवसायिक योजना बनाइरहेको राष्ट्रिय ध्वजाबाहकले आवश्यक रकमको पनि खोजी गरिरहेको छ।

यही आर्थिक वर्षभित्र २ एयरबस वाइडवडी ए ३३० विमान ल्याइसक्ने तयारीमा रहेको एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानकै लागि थप २ ए३२० सिरिजका न्यारोवडी विमान खरिद गर्ने योजनामा रहेको छ। त्यस्तै निगमले आन्तरिक उडान गर्न ४ ट्वीनअटर विमान पनि किन्ने योजना बनाएको खबर आजको नयाँपत्रिका दैनिकमा अच्युत पुरीले लेखेका छन्।

छ विमान खरिद गर्न निगमले २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। हालको बजार मूल्यअनुसार ए३२० विमानको मूल्य १० करोड अमेरिकी डलर र ट्वीनटरको ७० करोड रहेको छ।

हाल लगानी प्राविधिक अध्ययन भइरहेको र लगानीका बारेमा पनि छलफल जारी भएकोले निष्कर्ष आउनेवित्तिकै स्वीकृतिका लागि संचालक समितिमा लिने एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।





Comments

comments

Leave a Reply

22245