काम खोज्दै विदेशीहरु नेपालतिर…

स्वदेशमा रोजगारी पाइएन भन्दै युवायुवती विदेश पस्ने क्रम जारी रहेको बेला नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बर्सेनी बढ्दो छ।

विश्वमा विकसित अमेरिका, बेलायत जस्ता मुलुकका नागरिक पनि रोजगारीका लागि नेपाल आउने गरेका छन् ।

नेपालबाट बाहिरिने जनशक्तिको तुलनामा यहाँ आउने विदेशीको पारिश्रमिक पनि निकै राम्रो हुने गरेको पाइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको औसत मासिक पारिश्रमिक ४० हजार जति हुने गरे पनि र विदेशीको भने दुई लाख रुपैयाँ हाराहारी हुने गरेको बताइन्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पारिश्रमिक पाउनुको साटो समस्यमा पर्ने गरेपछि त्यस्तालाई गन्तव्य मुलुकबाट घर परिवारले फर्काउन थप लगानी गरेर फिर्ता गर्नुपर्ने अवस्था समेत छ।

श्रम विभागका अनुसार आर्थिक बर्ष २०७२/७३ मा एक हजार चार सय ७२ विदेशीले श्रम स्वीकृति लिएका (नवीकरणसहित) थिए ।

आर्थिक बर्ष २०७३/७४ मा एक हजार नौ सय ७२ विदेशीले श्रम स्वीकृति लिएका छन् । ३०७३/७४ मा श्रम स्वीकृति लिनेमा सबभन्दा बढी विदेशी निर्माण क्षेत्रको काम गर्न आएका हुन्।

पछिल्लो समय नेपालमा जलविद्युत आयोजना बन्ने क्रम बढेकाले विदेशी कामदार आउन थालेका र त्यस्ता कामदारमा सबभन्दा बढी चिनीयाँ नागरिक रहेको विचागका कर्मचारी बताउँछन्। आजको नागरिक दैनिकमा यो खबर छ।





Comments

comments

Leave a Reply

22253