माइतीघर आएको बेला युवती बलात्कृत: तीन लाखमा मिलापत्र

गमगढी – मुगुमा बलात्कारको मुद्दा तीन लाखमा मिलापत्र भएको छ।

सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गरेको पीडित परिवारले जानकारी दिएको खबर अन्नपूर्ण पोष्टमा छापिएको छ ।

गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र सार्वजनिक भएको हो।

उनले जाहेरीमा माइतीघर आएको बेला शाहीले सुत्ने कोठामा पसेर बलात्कार गरेको उल्लेख गरेकी छिन् ।

घटनाको दोस्रो दिन नै सोरुकोट प्रहरी चौकीमा निवेदन दर्ता गराउन जाँदा अभियुक्तका आफन्तले बाटोमै रोकेर तीन लाख रुपैयाँ रकम उपलब्ध गराइदिने भन्दै प्रहरी चौकी जानबाट रोकेको पीडितले बताएकी छिन् ।

अभियुक्तबाट तीन लाख रुपैयाँ बुझेको पीडितका आफन्तले स्वीकारेका छन्।





Comments

comments

Leave a Reply

22259