युरोप लैजाने भन्दै टर्की पुर्याएर अपहरण !

टर्कीको इस्तानबुलबाट अपहरणमा परेका तीन नेपाली १८ लाख ६५ हजार रुपैयाँ फिरौती बुझाएर स्वदेश फर्केको एक सातामै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सप्तरीका ओमप्रकाश पञ्जियारलाई पक्राउ गर्‍यो । उनलाई ८ फागुनमा पक्राउ गरिएको थियो।

टर्कीमा भएको अपहरण घटनामा नेपाल बस्ने पञ्जियारको संलग्नता कसरी हुन पुग्यो ? यही प्रश्नको उत्तरमा लुकेको छ, वैदेशिक रोजगारीको आकर्षक जालमा पारी मानव बेचबिखन र अपहरण गर्ने पछिल्लो प्रवृत्तिको कथा ।

भनेजस्तो जागिर र खोजेजस्तो तलब मिलाइदिने भन्दै गत जेठमा पञ्जियारले खोटाङको रूपाकोट नगरपालिका ४ का टीकाराम विश्वकर्मा र मोरङ केराबारीका किरण मगरसँग जनही ६ लाख ५० हजार रुपैयाँ लिएका थिए । त्यसलगत्तै उनले दुवैलाई भारतको नयाँदिल्ली पुर्‍याएर तीन महिनासम्म झुलाएर राखे ।

मकाउमा भिसा लाग्न नसकेको भन्दै पञ्जियारले दुवैलाई टर्की पुर्‍याइदिने र भनेजस्तो जागिर मिलाइदिने आश्वासन दिए । तर टर्की पुगेपछि उनीहरूले न भनेजस्तो जागिर पाए, न त्यहाँबाट सजिलै युरोप छिर्न नै । त्यसपछि आफूहरूलाई नेपाल फर्काइदिन पञ्जियारलाई अनुरोध गरिरहेकै बेला विश्वकर्मा, मगर र त्यहीँ भेट भएका ताप्लेजुङका टीका लिम्बू गत माघ २१ मा अपहरणमा परे । तीनै जनालाई पाकिस्तानी नागरिक निर्जा कासिफले अपहरण गरेका थिए । कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22286