गायिका मिलन अमात्यको युरोपमा साँगीतिक ब्यस्तता

गायिका मिलन अमात्यको युरोपमा साँगीतिक ब्यस्तता

भूमिराज राई / एचकेनेपाल डट कम –

गायिका “जलजला परियार” को सहयोगार्थ च्यारिटी कार्यक्रममा सहभागी भएपछि लगत्तै अर्को दिन “शहीद स्मारक च्यारिटी कार्यक्रम”का लागि गायिका मिलन अमात्य युरोप टुरमा निस्केकी छिन्।

युकेको टिडवर्थमा गत ३ मार्च शनिबार साँझ सफल च्यारिटी साँझमा आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गर्दै उपस्थित दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाउँदै आफू जस्तै अर्की गायिकालाई उपचार खर्च जुटाउनको लागि स्थानीय आयोजकहरुले आयोजना गरेको च्यारिटी कार्यक्रममा सहभागी हुन हालै परेको भारी हिमपातका कारण अबरुद्ध सडकको पर्बाह नगरि ई-मिडिया हब लिमिटेडको ब्यबस्थापनमा गायिका कार्यक्रम स्थल पुगेकी थिईन्।

अचानक आई पुगेको भारी हिमपातका कारण गायिकाको पूर्ब निर्धारित स्कटल्याण्ड र स्विजर्ल्याण्डको भ्रमण कार्यक्रम रद्द गर्नु परे पनि बेल्जियमको “शहीद स्मारक सहयोग च्यारिटी कार्यक्रम”मा भने युरोपका अन्य मुलुकसहित फ्रान्सको पेरिस र बेल्जियम ब्रसेल्स घुम घामसँगै सामाजिक सहयोगका लागि च्यारिटी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भए सँगै स्थल मार्ग हुँदै गायिका बेल्जियम पुगेकी हुन्।

५ मार्च सोमबार साँझ “शहीद स्मारक सहयोगार्थ” र युरोप भ्रमण र कार्यक्रम सकेर युके फर्किएपछि पनि युकेका बिभिन्न स्थानहरु सहित १० मार्च शनिबार अक्स्फोर्डको लिट्ट्लमुर भिलेज हलमा गायिका मौसमी गुरुङसहित साँगीतिक प्रस्तुती दिन पुग्ने कार्यक्रम तय भएको छ।

शनिबार दिउँसो १:३० बजेदेखि साँझसम्म चल्ने उक्त कार्यक्रम ई-मिडिया हब युकेको आयोजनामा आयोजना हुने छ।

युरोप र युकेका कार्यक्रम आयोजकहरुको कार्यक्रमका लागी समय मिलाउन आग्रह आईरहेको भए पनि युके बसाईको बेलाको नेपालमा आफ्नो डिमाण्डका कारण नेपालमा थाँती रहिरहेको र नयाँ कामको समयका कारण युके बसाई छोट्याएर भए पनि नेपालमा रेकर्डिङका लागि पर्खिरहेका गीतकार, सँगीतकार, निर्माताहरुको समयमा काम सक्न मार्चको दोश्रोसाता चाहिं नेपाल फर्कनै पर्ने बाध्यता रहेको बताउँदै समय ब्यबस्थापन गर्न अत्यन्तै कठिनाई हुने गरेको असजिलो खुलाईन्।

नयाँ प्रोजेक्टको कुरा पनि युके आउनु अघि नै कुरा शुरु भएको साथै युके बसाईका बिचमा भएका रेकर्डिङ र साँगीतिक टुरका सम्झौताहरुका कारण पनि युके र युरोप बसाई छोटो पार्नु बाध्यता रहेको गायिकाको भनाई छ।

आउँदो समरमा पनि फेरी युके र युरोपमा कार्यक्रम र अन्य ब्यबसायिक कामका लागि आउनु नै पर्ने भएकाले अहिलेको यात्राको समय छोटो पारेर छिटो नेपाल फर्किएर त्यहाँ गर्नु पर्ने कार्यहरुमा समय दिन हतार बढेको सुनाईन्।

आफ्नो युके र युरोप टुर सफल बनाउन सहयोग गर्ने कार्यक्रम आयोजक ई-मिडियाहब युके लिमिटेड र परिवारप्रति आफू नतमस्तक रहेको जनाउँदै ई-मिडिया हबसँग काम गर्दाको ब्यबसायिक अनुभब सुखद रहेको भन्दै ई मिडिया हब लिमिटेडलाई धन्यबाद दिईन्।





Comments

comments

Leave a Reply

22309