गायिका मेलिना राईको अफिसियल फेसबुक पेज भेरीफाईड

भूमिराज राई / एचकेनेपाल डट कम –

नेपाली कला क्षेत्रसँग सम्बद्ध कलाकारहरुमध्ये सबै भन्दा धेरै फेसबुक पेज र प्रोफाईल भेटिने गायिका मेलिना राईको अफिसियल फेसबुक पेज भेरीफाईड भएको छ।

अत्यन्तै धेरै नक्कली फेसबुक पेज र प्रोफाईलका कारण गायिका मेलिना राईको फ्यान र शुभचिन्तकहरु अन्योलमा कहिले कुन कहिले कुन पेज र प्रोफाईललाई लाईक र फलो गर्न बाध्य थिए। अब भने निलो गोलाकार भित्र सेतो टिक भएको भेरीफाईड पेज गायिकाको अफिसियल पेज भनेर चिन्न सजिलो हुने भएको छ।

नेपाली गायनमा अत्यधिक बढी सुनिएको गीत “कुटुमा कुटु सुपारी दाना” गायिका नेपाली गायनकी राजकुमारीको रुपमा नेपाली गीत सँगीत पारखीहरुको मनमा बस्न सफल छिन । कर्णप्रिय स्वरकी धनी गायिकाको रुप पनि उस्तै सुन्दर हुनु सुनमा सुगन्ध जस्तै भएको उन्का शुभचिन्तकहरु स्विकार गर्छन्।

स्वर र रुपकी धनी सुन्दरी गायिकालाई फलो गर्ने र हेर्न चाहनेहरुको चाहानाको फाईदा उठाउँदै धेरैले मेलिना राईको फोटो र नाम राखेर सयौं एकाउन्ट खोलेपछि असलि एकाउन्ट छुट्याउन गाह्रो भएकैले नक्कली एकाउन्टहरुमा पनि लाखौँ लाईक र फलोवर्स देख्न सकिन्छ।

अब भने गायिका मेलिना राईको आधिकारिक अफिसियल पेज भेरीफाईड भएकाले उनका शुभचिन्तक र फ्यानहरुको अन्योलता हटेको छ।

अहिले गायिका मेलिना पूर्बको साँगीतिक महोत्सब यात्राका क्रममा धनकुटामा पुगेको उनको फेसबुक अपडेटमा देख्न सकिन्छ।

अत्यन्तै ब्यस्त कलाकारहरुको पहिलो लाईनमा आउने गायिका मेलिना राई अहिलेकी अत्यन्तै धेरै डिमाण्ड रहेको गायिका पनि हुन्। अबिबाहित गायिकाको अहिलेसम्म प्रेमी रहे नरहेको कुनै जानकारी मिडियामा आएको छैन।





Comments

comments

Leave a Reply

22311